दागंबाट कोरोना जीतेर दश जना घर फर्किए

दागंबाट कोरोना जीतेर दश जना घर फर्किए

  • आइतवार, जेष्ठ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

जेष्ठ २५ दागं । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज कोरोना संक्रमणबाट मुक्त भएर १० जना घर फर्किएका छन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका ५, कपिलवस्तुका २ र बर्दियाका १ जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए ।

बाँकी सबैको अवस्था सामान्य रहेको पनि वलीले वताए । यस अघि ८ जना कोरोना सङ्क्रमित निको भयर घर गएका थिए ।

१० जना मध्य दाङका पहिलो कोरोना संक्रमितले कोरोना जीतेर घर फर्किएका छन् । गढवा गाउँपालिका निवासी दुई जना व्यक्ति पहिलो कोरोना संक्रमित थिए । जस मध्य दुवै जना कोरोना जीतेर घर फर्किएका हुन् । एक जना व्यक्ति यस अघीनै घर फर्किएका थिए भने, अर्का एक जना व्यक्ति आइतबार कोरोना जीतेर घर फर्र्किएको गढवा स्वास्थ्य शाखा संयोजक कैलास चौधरीले जानकारी दिए । आइतबार मात्रै कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमणबाट मुक्त भएर १० जना घर फर्किएका छन् ।

यसरी निको भएर घर गएकाहरुमा घोराही उपमहानगरपालिका निवासी एक जना, गढवा गाउँपालिका निवासी एक जना, बाँके जिल्ला निवासी पाँच जना, कपिलवस्तु जिल्ला निवासी दुई जना र बर्दिया निवासी एक जनागरी दश जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिए । सबैलाई आइतबार नै सम्बन्धित ठाउँमा पठाइसकिएको छ । कोरोना विशेष अस्पतालमा ५५ जना उपचाररत रहेको भएपनि अब ४५ जना रहेका छन् । बाँकी सबैको अवस्था सामान्य रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ