पहिलो पटक एकै दिन कोरोनाका कारण २ जनाको मृत्यु पुष्टी, कुल मृतकको संख्या १३ पुग्यो

पहिलो पटक एकै दिन कोरोनाका कारण २ जनाको मृत्यु पुष्टी, कुल मृतकको संख्या १३ पुग्यो

  • शनिबार, जेष्ठ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

जेष्ठ २४ काठमाण्डौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुने क्रम बढेको छ । शनिबार एकै दिन दुई जनाको मृत्यु कोरोनाका कराण भएको पुष्टी भएसगैँ देशभर यसबाट मृतकको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज डोल्पा र कैलालीमा मृत्यु भएका दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

डोल्पाको जगदुल्ला गाँउपालिका–३ एक ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्यु भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट परीक्षण गर्दा उनको मृत्युको ४ दिन पछि कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

त्यसैगरी धनगढीको सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्की एक मृतक ५५ वर्षीय महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। उनी मिर्गौला पीडित रहेको बताईएको छ । उनको डायलासिसकै क्रममा जेठ २३ गते मृत्यु भएको थियो। त्यसपछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। उनमा कोरोनाको कुनै लक्षण नभएको प्रवक्ता देवकोटाले बताए ।

यस अघि मृत्यु भएका पनि धेरै जसोमा मृत्यु पछि मात्रै कोरोना पुष्टी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ