काठमाण्डौं जेष्ठ २४ । नेपालमा कोरोना संक्रमण र यसबाट क्षति निरन्तर बढीरहेका बेला आज एकै दिन तीन सय २३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ३२ सय ३५ पुगेको हो। नयाँ संक्रमितमध्ये २८६ पुरुष र ३७ महिला छन्।
संक्रमित हुनेमा मोरङका २, सुनसरीका ५, सप्तरीका ८, नवलपरासी पूर्व ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् ।
त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासी पश्चिम २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या ३६५ पुगेको छ। शनिबार मात्र ३५ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ ।