सांसदको हैसियत त वडा अध्यक्षको जस्तो भयो, अर्थमन्त्री अग्लो भएर होला भुईतिर हेर्न सक्नु भएनः गगन

सांसदको हैसियत त वडा अध्यक्षको जस्तो भयो, अर्थमन्त्री अग्लो भएर होला भुईतिर हेर्न सक्नु भएनः गगन

  • शनिबार, जेष्ठ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.6K
    SHARES

नेपाली काँग्रेसका सासद गगन थापाले विकासका नाममा पैसा लिन थाले पछि सांसदहरुको हैसियत वडा अध्यक्षको जस्तो भएको भन्दै यसलाई परिवर्तन गर्नु पर्ने बताएका छन् ।
संसदको बजेटमाथिको छलफलमा बोल्दै थापाले सांसदहरुले विकासको योजनाको
चिट बोकेर मन्त्रीको ढोकामा जाने कि नीति निर्माताको रुपमा प्रस्तुत हुने भनी प्रश्न गरे ।
स्थानीय पूर्वाधार विकास साझेदार कोषका नाममा पैसा लिएदेखि सांसदको हैसियत खस्किएको भन्दै यसलाई कानुनै बदलेर जानु पर्ने र सांसदले पैसा हैन नीति बोक्ने हुनु पर्नेमा थापाले जोड दिए ।
उनले अर्थमन्त्री अग्लो भएकाले भुईतिर हेर्न नसकेको भनेर ब्यग्य गर्दै गरीब, सुत्केरी र पीडित भुई मान्छेको कुरा सासदहरुले उठाउदा मन्त्री खतिवडाले नसुनेको आरोप लगाए ।
त्यस अघि संसदमै बोल्दै काँग्रृेसका अर्का सांसद मिनेन्द्र रिजालले जनतालाई राहत दिन छाडेर सरकार कार्पेट फेर्न मस्त रहेको भन्दै बिरोध जनाए र
हालै राष्ट्रपति कार्यलयको कार्पेट फेरिएको सन्दर्भमा उनले ब्यग्य गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ