कोरोनाबाट १२ औं मृत्यु , डोल्पामा मृत्यु भएका पुरुषको ५ दिन पछि कोरोना पुष्टी

कोरोनाबाट १२ औं मृत्यु , डोल्पामा मृत्यु भएका पुरुषको ५ दिन पछि कोरोना पुष्टी

  • शनिबार, जेष्ठ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

जेष्ठ २४ डोल्पा । नेपालमा निरन्तर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । फेरी डोल्पामा ५ दिन अघि जेष्ठ २० गते मृत्यु भएका ५८ बर्षका व्यक्तिमा कोरोना देखिएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सगैँै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगको छ । जस मध्य धेरै जसोको मृत्यु पछि कोरोना पोजेटिभ देखिएको छ । जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए।

होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

सुरक्षाका उपाय अपनाई उनको दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका बढेको छ । गाँउपालिकाका सबै नाका सिल गरिएको र गाँउ सिल गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए।

उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए। उनीहरु हाल क्वारेन्टाइनमा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ