जेष्ठ २४ बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा रहेका एक बृद्धाको मृत्यु भएको छ ।
भारतबाट आएका ६५ वर्षीय ती पुरुष जेठ १६ गतेबाट क्वारेन्टिनमा राखिएका थिए ।
उनको आज बिहान मृत्यु भएको हो । उनी दमको रोगी रहेको पारीवारीक स्रोतले जनाएको छ । उनको स्वाब परीक्षण समेत अहिले सम्म भएको छैन ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले मृतकको स्वाब परीक्षण गरिने बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline