एयर अरेबियाको जहाज काठमाडाैं अवतरण, यूएईबाट आए १६८ नेपालीः उपत्यकाकै होल्डिङ सेन्टरमा राखिने

एयर अरेबियाको जहाज काठमाडाैं अवतरण, यूएईबाट आए १६८ नेपालीः उपत्यकाकै होल्डिङ सेन्टरमा राखिने

  • शुक्रबार, जेष्ठ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं, जेठ २३ । यूएईबाट १६८ जना नेपाली नागरिक लिएर आएको एअर अरेबियाको विमान काठमाडौंमा अवतरण गरेको छ । कोरोना भाइरस (काेविड १९) को महामारीको संक्रमण रोक्न गरिएको लकडाउन र अन्तराष्ट्रिय उडान बन्द भएपछि नेपाल फर्कन नपाएका र समस्यामा परेका नेपालीहरू आज स्वदेश फर्किएका हुन् ।

सारजाह विमानस्थलबाट शुक्रबार आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।  इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अरु बाँकी कम्पनीमा कार्यरत व्यक्तिहरु रहेको जनाइएको छ ।

अहिले आएकाहरु पहिले तय भएको सूची अनुसारका व्यक्तिहरु नभएको सैनिक स्रोतको भनाइ छ । यसअघि गर्भवतीसहित अफ्ठ्यारामा परेकाहरुलाई ल्याउने भनिएकोमा प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको जनाइएको छ ।

उनीहरुलाई अब स्वास्थ्य जाँच गरी प्रदेशगत रुपमा काठमाडौं, भक्तपुर र ललितपुरमा सेनाले तयार पारेका ९ वटा होल्डिङ सेन्टर राखिने जनाइएको छ । विमानस्थल कार्यालयका अनुसार विमानमा एकक शिशु, एक शवसहित १६८ जना ल्याइएको हो ।

यसअघि शुक्रबारै म्यानमारबाट पनि २६ जना नेपालीको उद्धार गरेर ल्याइएको थियो । उनीहरुलाई लिएर म्यानमारको सेनाको विशेष विमान काठमाडौं आएको थियो । म्यानमारबाट आएकालाई बसुन्धारास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ