बजेटले जनताको मन छुन सकेको छैनः सांसद डिला संग्रौला

बजेटले जनताको मन छुन सकेको छैनः सांसद डिला संग्रौला

  • शुक्रबार, जेष्ठ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौँ जेष्ठ २३ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले बजेट देखावटी, परम्परागत भएको र यसले जनताको मन छुन नसकेको टिप्पणी गरेकी छन् । संसदमा आज भएको छलफलमा डा. संग्रौला पन्तले महिला तथा सहकारी मन्त्रालयमा छुटाइएको बजेटमा आफ्नो टिप्पणी गरेकी छन्।
राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रम पुनः पुनरावृत्ति भएको छ । तर यस कार्यक्रमले विपन्न एवं वञ्चितीमा परेका महिलाहरुको यसमा पहुँज हुँदैन भने कसरी उनीहरुले रोजगारी पाएर उद्यमशील बन्दछन् भन्दै प्रश्न गरेकी छन् ।

यसै गरी उनले सदाको लागि बालश्रमको अन्त्य गर्ने भनिएता पनि होटल, रेष्टुरेण्ट, सार्वजनिक यातायात, इँट्टाभट्टा लगायतका क्षेत्रमा बालश्रमको शोषण भएको भन्दै यो केवल सरकारको देखाउने दाँत मात्र भएको दाबी गरिन् ।

उनले मेलम्ची खानेपानी काठमाठौँमा वितरण गरिने भनिएता पनि अहिलेसम्म कुनै छाटकाट नदेखिएको , अहिलेसम्म कुन तहमा कति बाँझो जमिन छ भनेर तथ्यांक नै जुटाउन नसकेर जनतालाई गुमराहमा राखेको, युवा परिचालनका नाममा आफ्नो दलका कार्यकर्तालाई पोस्ने मात्र कार्यक्रम ल्याएको भन्दै बिरोध जनाईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ