अमेरीकी प्रहरीको ज्यादती, वृद्धलाई लडाएर टाउको फुटेर बेहोस् भए पछि.. (भिडियो सहित )

अमेरीकी प्रहरीको ज्यादती, वृद्धलाई लडाएर टाउको फुटेर बेहोस् भए पछि.. (भिडियो सहित )

  • शुक्रबार, जेष्ठ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

न्यूयोर्क, २३ जेठ । संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुव्र्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ ।

डब्लुएफबीओले सार्वजनिक गरेको फुटेजमा न्यूयोर्कको बुफेलो प्रहरीका अधिकृतले ७५ वर्षीय एक वृद्ध व्यक्तिलाई नियागारा स्क्वाएरमा छातीमा धकेलेर भुइँमा लडाएको देखिएको छ । ती वृद्ध व्यक्ति सडकमा उत्तानो पर्छन्, टाउको भुइँमा बजारिन्छ र कान तथा टाउकाको पछाडिबाट रगत बगेको फुटेको देखिएको छ ।

तर नियागारा स्क्वाएरमा भेला भएका प्रदर्शनकारीलाई पन्छाउनेक्रममा सहभागी प्रहरीको समूह उनलाई बेवास्ता गर्दै अगाडि बढेको देखिन्छ । यो भिडियो सार्वजनिक भएसँगै प्रहरीको व्यवहारलाई लिएर चौतर्फी आलोचना हुन थालेको छ । बुफेलो प्रहरीले भने एक व्यक्ति ठेस लागेर भुइँमा लडेको भनाई सार्वजनिक गरेको छ ।

प्रहरीले उक्त घटनाको छानबिन थालिसकेको जनाएको छ । प्रहरी आयुक्तले उक्त घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएको बताउनुभएको छ ।

पश्चिम न्यूयोर्कका मेयरले वृद्ध व्यक्तिमाथि भएको व्यवहारबाट आफू अत्यन्त दुःखित भएको प्रतिक्रिया दिनुभएको छ । न्यूयोर्कको एक अस्पतालमा उपचार गराइरहेका ती वृद्ध व्यक्तिको स्वास्थ्य अवस्था “स्थिर” रहेको बताइएको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले वृद्ध व्यक्तिमाथि दुव्र्यवहार गर्ने प्रहरी अधिकारीको निलम्बनलाई स्वीकृत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी