काभ्रेका पाँच जनामा कोरोना सङ्क्रमण

काभ्रेका पाँच जनामा कोरोना सङ्क्रमण

  • शुक्रबार, जेष्ठ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काभ्रे,२३ जेठ । काभ्रेपलाञ्चोकका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले जिल्लामा एक महिलासहित पाँच जनामा कोरोना सङ्क्रमण देखिएको आज जनाएको छ ।
रोशी गाउँपालिकाका तीन, पाँचखाल नगरपालिकाका एक र पनौती नपाका एकमा कोरोना सङ्क्रमण पुष्टि भएकोको कमाण्ड पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काभ्रेका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।” उहाँका अनुसार सङ्क्रमितमध्ये एक महिला हुन् ।

सङ्क्रमितमध्ये तीन पुरुष र एक महिला केही दिनअघि मात्रै भारतबाट काभ्रेपलाञ्चोक आएको कमाण्ड पोष्टले जनाएको छ । सङ्क्रमित महिला धुलिखेल अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्न आएको र शल्यक्रियाअघि ती महिलाको पिसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको पोष्टले जनाएको छ । उहाँ पनौती निवासी हुनुहुन्छ । पाँचखालका सङ्क्रमित क्वारेन्टिन बसाइपछि घर फर्किएका व्यक्ति हुन् । रोशीका तीन सङ्क्रमित भने क्वारेन्टिनमै रहेको जनाइएको छ । सङ्क्रमितको स्वास्थ्य सुरक्षामा विशेष निगरानी भइरहेको प्रमुख डा झाले बताउनुभयो ।

यसअघि यही जेठ १ गते राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरसका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्ेचकी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । कोरोना भाइरसबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो ।

भारतबाट करिब ३०० काभ्रेली स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका विदेशिएका काभ्रेलीमध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरेको छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहँदै आएको कमाण्ड पोष्टको तथ्याङ्कले देखाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ