दुई रुपैया अनियमिता गरेको प्रमाणित गरे जुत्ताको माला लगाउन तयार छुः सांसद श्रेष्ठ(भिडियाे)

दुई रुपैया अनियमिता गरेको प्रमाणित गरे जुत्ताको माला लगाउन तयार छुः सांसद श्रेष्ठ(भिडियाे)

सांसद विकास काेषकाे सबै रकम विकास निर्माणमा खर्च

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 29.6K
    SHARES

काठमाडौं, २२ जेठ । बागमति प्रदेशका प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले आफुले कहि कतै दुई रुपैया अनियमिता गरेको प्रमाणित गरेर ल्याए जुत्ताको माला ग्रहण गर्न तयार रहेको बताउनु भएको छ ।
काठमाडौंको डिल्लीवजार पिपलबोडमा रहेको कृष्ण मन्दिरको पुननिर्माणका लागि सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले सांसद विकास कोषबाट प्राप्त रकम पारदर्शी रुपमा समुदायमा नै खर्च गरेको जानकारी दिदैँ कतै अनियमिता गरेको प्रमाणित गरे आफु सजाय भोग्न तयार रहेको बताउनु भयो ।
सांसद विकास कोषबाट प्राप्त ३ करोड वजेट आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर १ का समुदायको हितलाई केन्द्रीत गरेर पादर्शि रुपमा खर्च गरेको पनि उहाँले दाबी गर्नुभयो ।
सांसद श्रेष्ठले नीति तथा योजना आयोग र प्रदेश पूर्वाधार विकास योजनाबाट आर्थिक वर्ष २०७५/०७६ मा आएको वजेट सामुदायीक बिद्यालयका भवन, सडक, प्रहरी विट निर्माण, मठमन्दिर तथा खानेपानी लगायतका क्षेत्रमा परिचालन गरेको जानकारी दिदैँ खर्चको फेहरिस्त समेत प्रस्तुत गर्नुभएको थियो ।
उहाँले त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुलको भवन निर्माणका लागि रु १ करोड, गुजेश्वरी स्कुललाई ५० लाख, मैतिदेवीमा रहेको वेणुगोहा मन्दिर निर्माणको लागि १ करोड , थापाथली जनकल्याण जेष्ठ नागरिक भवन बनाउन ५० लाख, भोटेबहाल क्षेत्रको सडक निर्माणका लागि ५० लाख, शान्ति ज्ञान सत्सङ भजन मण्डल भवन निर्माणका लागि १८ लाख ८० हजार, बानेश्वर हाईटमा रहेको कविर सस्सङ आश्रम भवनको लागि १० लाख, दिक्तेल समाजको सामुदायीक भवन निर्माणको लागि १० लाख रकम वितरण गरेको जानकारी दिनुभयो ।


उहाँले सरकारबाट आएका वजेटलाई पारदर्शी ढंगबाट परिचालन गरेर सांसद विकास कोषलाई जनताका लागि खर्च गर्ने माध्यम बनाउनु पर्नेमा बताउनु भयो । उक्त कोषको वजेटलाई आफ्नो आयआर्जन र गाडि किन्ने श्रोत बनाउनु नहुनेमा सांसद श्रेष्ठको जोड थियो ।
तर केहि सांसदहरुले अनियमिता गर्ने गरेको कुरा नकार्न नसकिने उहाँले बताउनु भयो । आफु प्रदेश सभामा सदस्य भएको साढे २ बर्षमा सुरुका दिनमा सुमो चडेर आउने केहि सांसदहरु अहिले महङगो गाडि चडेर हिड्न थालेको र त्यसको आयश्रोत देखाउन नसकेको पनि सांसद श्रेष्ठले बताउनु भयो ।
सांसद विकास कोष, पूर्वाधार विकास अन्तरगत आएको योजनालाई आफ्नै मान्छे उपभोक्ता समितिमा राख्ने र ठेकेदार प्रयोग गरेर धेरै ठाउमा अनियमिता गरेको पाईएको पनि उहाँले बताउनु भयो ।


अर्को प्रशंगमा सांसदले श्रेष्ठले अहिले कारोनाका माहामारीका कारण सर्वसाधारण नागरिक दुई छाक खान नपाउने स्थितीमा पुगेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले जनताको गास, वास र संक्रमणबाट बच्न स्वास्थ्य परिक्षण र उपचारको व्यावस्था चुस्त रुपमा सहज र सरल रुपमा उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।
प्रदेश सरकारले पनि यो महामारीमा नाटकिय रुपमा सुरुङ मार्गदेखि विकास निर्माणका पूर्वाधार निर्माणमा जोड दिईरहेको भन्दै सांसद श्रेष्ठले अहिलेको अवस्थामा जोखिममा रहेका जनताको पिसिआर परिक्षण, उपचार, क्वारेन्टाईन व्यावस्थापन, राहत लगायतका बिषयमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, सभामुखले साढे २ करोडको गाडि चडेर हिड्ने अनी जनतालाई संक्रमण देखिएपछि क्वारेन्टाईनमा भैसि गोठमा बस भन्ने स्थिती छ आएकोछ, एउटा भेन्टिलेटर सम्म उपलब्ध गराउन सकेको छैन, यस्तो अवस्थामा सरकारले यस्ता बिषयलाई केन्द्रित गरेर वजेट विनियोजन गरेको भए राम्रो हुनेथियो ।
पिलबोटमा रहेको उक्त मन्दिरको पुननिर्माणका लागि सांसद श्रेष्ठले प्रदान गरेको १८ लाख ८० हजार रकममध्ये पहिलो किस्ता बापत ६ लाख रुपैया प्राप्त भईसकेको राजुमानमान जोशीले जानकारी दिनुभयो ।


मन्दिर भित्र मार्वल राख्ने, ढुंगा छाप्ने, बार परिवर्तन गर्ने र सत्सङको भवनको तला थप्ने र रङगरोकन लगायतका काम गर्ने जानकारी दिनुभयो । पुननिर्माणको शिल्यानास भने सांसद तथा नेपाली कागं्रेसका नेता प्रकाशमान सिंहले गर्नुभएको थियो ।


हाल मन्दिरको एउटा हलमा बच्चाहरुलाई बाध्यवादन सिकाउने, रक्तदान लगायतका काम पनि गर्ने गरिएको छ । ६ महिनामा पुननिर्माण सक्ने भनिएपनि लकडाउनले समस्या भईरहेको भएपनि बिहिवारबाट काम सुरु गरिएको पुननिर्माण समितिले जनाएको छ । शिल्यानास कार्यक्रममा प्रदेश सांसद राजेन्द्र गुरुङ, कामनपा वडा नं२९ का अध्यक्ष कुश ढकाल, घट्टेकुलो सामुदायीक सेवा केन्द्रका अध्यक्ष समाजसेवी शिवराम राजवंशी, पूर्व ओलम्पिक कमिटिका सदस्य नरेश बहादुर सिंह लगायतको उपस्थिती थियो । महेश खड्गीको संयोजकत्वमा ७ सदस्यीय मन्दिर पुननिर्माण समिति गठन गरिएको छ ।

https://www.facebook.com/sirjanatimsina/videos/682399622615412/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ