एमसीसीका पक्षमा लाग्ने सेतीमहाकालीका सांसद मन्त्रीलाई प्रवेश निषेश सहित जनकार्बाही गर्ने नेकपाको चेतावनी

एमसीसीका पक्षमा लाग्ने सेतीमहाकालीका सांसद मन्त्रीलाई प्रवेश निषेश सहित जनकार्बाही गर्ने नेकपाको चेतावनी

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

जेष्ठ २२ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाको सेतीमहाकाली ब्यूरोले एमसिसिका पक्षमा लाग्ने र बोल्ने सेती महाकालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा मन्त्रीहरुलाई जनकारबाही गर्ने घोषणा गरेको छ । । ब्युरो ईन्चार्ज निर्माणले आज एक विज्ञप्ति जारी गरी यस्तो घोषणा गरेका हुन् ।

यसको लागि शुरुमा उनीहरुलाई सेती महाकाली प्रवेश निशेध तथा कार्यक्षेत्र बहिष्कार कार्यक्रम राखिने छ । यसको लागि सेती महाकालीका सबै जिल्ला पार्टी कमिटीहरुले त्यस्ता राष्ट्रघाती सांसद, मन्त्री तथा जनप्रतिनिधिहरुको लिस्ट तयार पारी सार्वजनिक गर्न र जनताको साथमा जनकारबाहीलाई अघि बढाउन निर्देशन गर्दछौं । निर्माणद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै सात नम्बर प्रदेश सरकार र संसदलाई पनि राष्ट्रघाती एमसिसिका बिरुद्ध खडा हुन ईँन्चार्ज निर्माणले अपील गरेका छन् । प्रदेशमा पनि एमसिसिका पक्षमा बोल्ने र लाग्ने सांसद र मन्त्रीहरुलाई जनकारबाही गरिनेछ । साथै त्यसको पक्षमा लाग्ने संसदवादी पार्टीका नेता तथा स्थानीय जनप्रतिनिधिहरुलाई पनि जनकारबाहीको दायरामा ल्याइनेछ । विज्ञप्तिमा भनिएको छ ।
ईन्चार्ज निर्माणले केपी ओली नेतृत्वको सरकारको कालापानीमा देखिएको क्षणिक राष्ट्रवाद एमसीसीमा घोप्टिएको दाबी समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ