जेष्ठ २२ बिरानगर । देशभर कोरोना संक्रमित बढिरहेका बेला निको हुने क्रम पनि केही बढेको छ । बिहिवार मात्रै विराटनगरस्थित कोशि अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत २७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
पछिल्लो दुई पटक गरिएको परीक्षणमा कोरोना भाईरस नेगेटीभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायतको टोलीले बिदाई गरेको अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । अस्पचालमा उपचारतः उदयपुरका ४ जना, झापाका ७ जना, मोरङका ६ जना, सुनसरी ४ जना, सप्तरी २ जना, धनकुटा ४ जना र खोटाङ १ जना रहेको उहाँले जानकारी दिनुभयो । डिस्चार्ज हुनेहरु ४० दिनसम्म अस्पतालमा भर्ना भएर बसेका समेत रहेका छन् ।
उनीहरुलाई दुई बजे नै डिस्चार्ज गर्ने भनिए पनि सामाजिक विकास मन्त्री आउने भए पछि ढिलो गरी ४ बजे पछि डिस्चार्ज गरिएको थियो । साथै बिहान प्राप्त सूचीमा २८ जनामा नाम भए पनि अस्पताल र ल्याबको नाम क्रस चेक गर्दा एक जनाको नाम दोहोरिएको र कुल २७ जना डिस्चार्ज भएका हुन् ।
विराटनगरबाट आज डिस्चार्ज हुनेमा २३ जना पुरुष र ४ जना महिला रहेका छन् । आज डिस्चार्ज हुनेहरु वैशाख ५ गते देखि जेठ ९ गते सम्म भर्ना भएकाहरु रहेका छन् । गत वैशाख ५ गते अस्पताल भर्ना भएका विराटनगर १७ का ५७ वर्षीय कासिम मिया रहनु भएको छ । उहाँलाई उदयपुरको भुल्केमा संक्रमण भएको थियो । जेठ ९ गते भर्ना भएर डिस्चार्ज हुनेमा मोरङ रतुवामाईका ३६ वर्षीय जफार मिया रहनु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर वस्नेतले बताउनुभयो ।

त्यस्तै आज डिस्चार्ज हुनेहरुमा सप्तरीका रामदुल्ला मिया, रवनकुमार साह, उदयपुरका मोहम्वत सविर अलि, कविरा खातुन, राकेश नेपाली, विराटनगरका आनन्दकुमार मेहत्तर, रिंकु सहनी, धनकुटाकी शिला लिम्वु, गणेश बुढाथोकी, बादल गनगाई, मोरंग रतुवामाईका मम्ताज आलम, झापा कचनकवलका मुसाफिक आलम, तयव आलम, नुर आलम, सहवाज मियाँ, सनवाज मियाँ, फिरदोज आलम, इम्तियाज आलम, सुनसरीका गोविन्द चौधरी, विमल रेग्मी, अरविन्द श्रेष्ठ, निहाङ राई, मोरंग पथरीशनिश्चरेका रमेश कार्की, खोटाङका दिपेन्द्र राई, संखुवासभाका निशा थापामगर रहेका छन् ।
आज डिस्चार्ज भएका सवैलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डा.संगीता मिश्रा, कोभिड अस्पताल संयोजक ज्ञानबहादुर वस्नेत लगायतले विदाई गर्नुभएको थियो । डिस्चार्ज भएका सवैलाई संवन्धित जिल्ला पठाईएको छ ।
यसअघि कोशीको कोभिड–१९ उपचार केन्द्रबाट ३० र विपीको उपचार केन्द्रबाट १८ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ बाट ७९ जनाले कोरोना परास्त गरिसकेका छन् । बुधबारसम्ममा १८५ जना संक्रमित देखिएका छन् । यसअघि बिहिवार नै वीरगन्जको कोरोना गणडक अस्पतालबाट पनि ५ जना डिस्चार्ज भएका छन् ।