फेरी पनि मृत्यु भए पछि कोरोना पुष्टी, मृतकको सख्या १० पुग्यो

फेरी पनि मृत्यु भए पछि कोरोना पुष्टी, मृतकको सख्या १० पुग्यो

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

जेष्ठ २२ काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

भारतबाट पाँचदिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।

उनी पाल्पाको पूर्वखोला गाउँपालिकाका हुन् । उनी भारतबाट पाँच दिन अगाडि नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई तीन दिनअघि मिसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उनको मंगलबार मृत्यु भएपछि संकलन गरिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
पहिलो मृत्यु सिन्धुपालचोककी सुत्केरी, बाके नरैनापुरका युवा लगायत अहिले सम्म मृत्यु भएका अधिकाशमा मृत्यु भए पछि मात्रै कोरोना संक्रमणको पुष्टी भएको छ ।
समयमै पिसिआर परीक्षण, गुणस्तरीय क्वारेन्टाईन र उपचार व्यवस्थापन नहुदा यस्तो समस्या बढेकोे भन्दै आलोचना हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ