लकडाउन अवज्ञा गर्ने क्रम बढे पछि लकडाउनको मोडालीटीको बिषयमा मन्त्रीपरिषद्ले निर्णय गर्दै 

लकडाउन अवज्ञा गर्ने क्रम बढे पछि लकडाउनको मोडालीटीको बिषयमा मन्त्रीपरिषद्ले निर्णय गर्दै 

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

जेष्ठ २२ काठमाण्डौं । चैत्र ११ गतेदेखि पटक पटक अवधि थप्दै लकडाउन बढाईए पनि अर्थतन्त्र चलायमान बनाउने, जीवीकोपार्जनका लागि राहत वितरण आदि प्रभावकारी नभएको गुनासो सहित लकडाउन उलंघन बढेको छ ।
यसै कुरालाई ध्यानमा राखेर सरकारले लकडाउन खुकुलो पार्ने संकेत देखिएको छ । आज धमाधम व्यशायीहरुले पसल खोल्न थाले पछि केही ठाँउमा रोक्न कोसिस गरिए पनि व्यापारी व्यवशायीले टेर्न छाडे पछि उपत्यकाका तीन जिल्लाकै प्रशासकहरुको बैठकले पनि लकडाउन खुकुलो बनाउन सुझाव दिएको छ ।

उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० र उच्चस्तरीय समितिमा सिफारिस गरेको छ ।

बिहीबार काठमाडौंको न्युरोडमा खोलिएका पसल तस्बिर स् इलिट जोशीरकान्तिपुर
राजधानीमा उद्योगीरव्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको आकस्मिक संयुक्त बैठक बसेको थियो ।

यस्तै हिजो प्रधानमन्त्रीले गरेको विज्ञहरुसगँको परामर्शमा पनि लकडाउनको मोडालिटि परीवर्तन गर्न सुझाव आएकाले र रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई मोडालिटी तयार पारेर सिफारीस गर्न निर्देशन दिईएको थियो ।
आज बस्ने मन्त्रीपरिषद् बैठकले मोडालीटीका बारेमा निर्णय गर्न सक्ने बताईएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ