बारा जेठ २२ । बाराको आर्दश कोतवाल गाउँपालिकामा रहेको करेन्टाइन मा रहेको सात जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ। वार्ड नम्बर ४ मा १२, १३ वर्षको वार्ड नम्बर ५ को २८, ३० वर्ष को वार्ड नम्बर ८ मा २०, २८, ३० वर्षको रहेको छ।
जेठ १४ गते ५४ जनामा पिसिआर चेक गरेको मा तिनीहरुमा कोरोना पुष्टि भएको हो। भारतको बिभिन्न ठाउँबाट रोजगारीको सिलसिलाबाट नेपाल फर्केका थिए।
वार्ड नम्बर ५ को ३० वर्षको महिला
र ६ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जनाएको छ।
तिनीहरुलाई आर्दश कोतवाल गाउँपालिका वार्ड नम्बर १ स्थित रहेको श्री रामचरित्र माबिको आईसोलेशनमा राखी उपचार भईरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । सातै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले भने।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline