आजदेखि बिहान ११ बजेसम्म काठमाडौंमा सबै पसल, व्यवसायी खुल्ने, विराटनगरकाे बजार पनि सन्चालन

आजदेखि बिहान ११ बजेसम्म काठमाडौंमा सबै पसल, व्यवसायी खुल्ने, विराटनगरकाे बजार पनि सन्चालन

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

२२ जेठ, काठमाडौं । काठमाडौंका व्यवसायीहरुले आज (बिहीबार) देखि बिहान ११ बजेसम्म पसलरव्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् ।
साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसलरव्यवसाय खुला गर्ने निर्णय गरेको हो ।
महासंघका महासचिव अञ्जन शाक्यले आजदेखि बिहान ११ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको जानकारी दिनुभयो । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने उहाँले बताउनु भयो ।
लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न लागिएको उनले बताउनुभयो । ‘हामीले कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं,’ शाक्यले भन्नुभयो, ‘व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको हामी पालना गर्छाैँ ।’
शाक्यले थप्नुभयो, ‘पसल व्यवसायहरु खुला गर्दा हामीलाई राज्यबाट बन्द गर्न दबाव आयो वा बल प्रयोग भएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने हुन्छ ।’
यसैबीच सरकारले लकडाउन खुकुलो बनाउने र मोडालिटी परिवर्तन गर्ने बताएसँगै मंगलबार र बुधबार राजधानीका सडकमा सवारी साधनहरु बाक्लै गुड्न थालिसकेका छन् । कतिपय ठाउँमा यातायात जामसमेत हुन थालेको छ ।

उता, विराटनगरमा पनि आजबाट बजार खुल्ने भएको छ । स्थानीय व्यावसायीले बजार खोल्न माग गरेपछि प्रशासनले लकडाउनलाई खुकुलो बनाउँदै आजबाट मध्यान्ह १२ बजेसम्म बजार खोल्न दिने भएको हो ।
जिल्ला स्तरीय कोरोना संकट व्यावस्थापन समितिको बैठकले बिहीबारबाट आधा दिन बजार खोल्न दिने निर्णय भएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।
बजार पसल खुल्ला गर्ने निर्णय भए पनि होटल, रेस्टुरेन्ट, व्यूटी पार्लर र सैलुन भने तत्काल नखुल्ने पराजुलीले बताउनुभयो ।
महनगरपालिकाले बैंक तथा वित्तीय संस्थालाई दिनभरी सञ्चालन गर्न दिने निर्णय भने यसअघि नै गरेको थियो ।
तर विराटनगर भारतसँग सीमा जोडिएको क्षेत्र हो । खुला सीमा भएका कारण लुकिछिपी आउने क्रम रोकिएको छैन । रानी नाकाबाट स्थानीय प्रशासनले भारतबाट आएकाहरुलाई ल्याएर होल्डिङ एरियामा राख्दै आएको छ ।
बजार खोल्न दिने निर्णय गरेको महानगरमा फेरि संक्रमण देखिए के गर्ने भन्ने अन्योल छ । ‘आजको निर्णय बजार खोल्ने हो’ पराजुलीले ‘संक्रमण देखिए फेरि समितिको बैठक बस्छ र थप निर्णय गर्न सक्छ ।’
स्थानीय व्यावसायीको दबावका कारण तत्कालका लागि बजार खुला गर्ने निर्णय भएको पराजुलीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ