कञ्चनपुर, जेठ २१ वैदेशिक रोजगारमा गएका कञ्चनपुरका नेपाली नागरिकको हत्या भएको छ । परिवार शोकमा डुबेको छ ।
दुवईमा सेक्युरेटरी गार्डका रोजगारी गर्दै आएका भीमदत्त नगरपालिका १५ निम्बुखेडाका २७ बर्षिया बिरेन्द्र गिरीको हत्या भएको परिवारले जनाएको छ ।
मृतक बिरेन्द्रका दाजु महादेव गिरीले अघिल्लो पुषमा बैदेशिक रोजगारीमा गएका बिरेन्द्रको १६ जेठमा हत्या गरेर सडकको छेउमा फालिएको अवस्थामा भेटिएको बताए ।‘भाईको हत्या भयो, ‘उनले भने, ‘मारेर सडकमा रगताम्मे अवस्थामा भेटियो ।’ एपल वान सन फेस्लेटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत बिरेन्द्रको हत्या हुँदा पनि दुतावास एव सरकारी निकाय त्यहाँको सरकारले कुनै वास्ता नराखेको परिवारले दुखेसो पोखेका छन् । ‘फोनमा एक पाकिस्तानका नागरिकले मानसिक टर्चर दिएको भन्थ्यो, ‘दाजु महादेवले भने, ‘हामीले त्यहाँ समस्य भए लकडाउन पछि घर फिर्ता ल्याउँछौँ, भनेका थिए, भन्दा भन्दै भाईको ज्यानै लिएर छाडे ।’ पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।

हत्या गरिएका बिरेन्द्र गिरी
मृतका बाजे चन्द्र गिरीले घटनाको प्रकृतिले हत्या गरेर सडकमा फालिएको बताए । उनले हत्या हुँदा पनि त्यहाँको सरकारले नेपालीमाथिको यत्रो अपराध हुँदा पनि कुनै वास्ता नै नराखेको दुखेसो पोखे ।

‘बिरेन्द्रको हत्या भएको बारे हामीलाई उनकै साथिले टेलिफोन गरेर खबर गरेका थिए, ‘उनले भने, ‘हत्या हुँदा पनि दुतावास र सरकार किन चुपचाप छ ।’ पीडित परिवारलाई यताको सरकारी दुतावास एव सरोकारवाला निकायबाट कुनै रिस्पोन्नस नआएको उनले दुखेसो पोखे । ‘बैदेशिक रोजगारीमा जाने सबै नेपालीले विदेशमा अनाहकमै मर्नुपर्ने हो, ‘उनले भने, ‘यत्रो अवराध र अपराधीलाई उन्मुक्ति दिनु हुँदैन् ।’ घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गरिनुपर्ने, मृतकको शव नेपाल पु¥याउने प्रबन्ध गरिनुपर्ने र मृतक परिवारले पाउनुपर्ने बिमा लगायतका सुविधा दिनुपर्ने उनको भनाईछ ।

नेपालका रोजगारी नभएपछि बाध्य भएर विदेशिएका बिरेन्द्रले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता उनको परिवार मात्र नभई देशभरीकै हजारौँ नेपालीको घरमा पीडै पीडा छ । सरकारले यसतर्फ समेत ध्यान दिनुपर्ने उनको सुझाव छ ।

बीरेन्द्र गिरीलाई टर्चर दिने पाकिस्तानी नागरिक यीनै हुन् ।