एकाबिहानै १६ जनामा काेराेना संक्रमण पुष्टि

एकाबिहानै १६ जनामा काेराेना संक्रमण पुष्टि

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडाैं, २२ जेठ ।  बिहिवार बिहानै थप १६ जनामा काराेना संक्रमण पुष्टि भएकाे छ ।  गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको हाे । जसमा बागलुङमा १० जना, पर्वतमा ४, म्याग्दीमा १ जना र स्याङ्जामा १ जनामा कोरोना पुष्टि भएको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

बागलुङ जिल्लामा  एकैदिन ठुलो संख्यामा संक्रमित थपिएसँगै बागलुङ गण्डकी प्रदेशमै सबैभन्दा धेरै संक्रमित हुने जिल्ला बनेको छ।
जिल्लाको निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २२ र २९ का २ जना पुरुष र ३३ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको छ।

बडीगाड गाउँपालिका ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका १६, २०, २१ र २५ वर्ष उमेर समूहका ४ जना पुरुष र बागलुङकै गल्कोट नगरपालिका क्वारेन्टाइनमा बसेका २०, २२ र २३ का ३ पुरुष गरी जम्मा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

उनीहरु केहि  दिन अगाडि भारतबाट आएर स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसिरहेका छन्। यो सँगै बागलुङमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ।जसमध्ये ६ जनाको धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचार भइरहेको छ भने अन्य दुई जना निको भएर घर फर्किएका छन्।संक्रमण पुष्टि भएकालाई अस्पतालको आइसोलेसन कक्षमा ल्याउने तयारी गरिएको छ।

उता, पर्वतको फलेबास नगरपालिकाका २ जना पुरुष र बिहादी गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।यो सँगै पर्वतमा संक्रमितको संख्या ९ पुगेको छ।

फलेबास नगरपालिकाका २१, २१ वर्षिय २ जना पुरुषमा र बिहादी गाउँपालिकाका २४ र २८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ ।

भारतबाट आएका म्याग्दीका थप एक युवामा पनि कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ।मंगला गाउपालिका–४ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। पोखरास्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणको बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजामा उनमा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए।

जेठ १२ गते भारतीय नाकाबाट उद्धार गरेर ल्याइएका उनी बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टाइनमा छन्। म्याग्दीमा हालसम्म १५८ जनाको स्वाब नमुना संकलन गरिएकोमा १३० जनाको नतिजा आइसकेको छ।२८ जनाको नतिजा आउन बाँकी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ