विराटनगर, २१ जेठ । मोरङको रंगेलीमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रंगेली नगरपालीका वडा नं. ३ का २४ बर्ष र २७ बर्षका २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरु भारतको पटना र मजफरपुरबाट मजदुरी गरी फर्किएको जनाईएको छ ।
विराटनगरस्थित कोषि अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर पक्षिणको क्रममा कोारेना संक्रमण पुस्टि भएको र अहिले कोारेना स्पतालको आइसोलेसमा ल्याउने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यलय मोरङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
संक्रमित युवक जेष्ठ १४ गते भारतबाट विराटनगर होल्डिङ प्वाइन्ट हुँदै रंगेलीस्थित जनता क्याम्पसको एकिकृत क्वारेन्टाइनमा बस्दै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline