सरकारले जबरजस्ती कर तिर्न ताकेता गरेको भन्दै अवज्ञा गर्न काँग्रेस सभापति देउवाको अपील

सरकारले जबरजस्ती कर तिर्न ताकेता गरेको भन्दै अवज्ञा गर्न काँग्रेस सभापति देउवाको अपील

  • बुधबार, जेष्ठ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

जेष्ठ २१ काठमाण्डों । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आह्वान गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै देउवाले आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेपछि पूर्वप्रधानमन्त्री समेत देउवाले कर नतिर्न आग्रह गरेका हुन् । विभागले जेठ २५ भित्र कर नतिरे जरिवाना लगाइने सूचना जारी गरेपछि व्यवसायीहरूले विरोध गरेका बेला देउवाले यस्तो अपील गरेका हुन् ।
कांग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् ।

करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने भन्दै देउवलो भनेका छन्, ‘सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।’

अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने वा गर्न सरकार गम्भीर नभएको आरोप लगउँदै देउवाले पीसीआर परीक्षण गरेर साना–ठूला व्यवसाय क्रमशः सञ्चालन गर्ने कार्ययोजना नबनाएकोमा सरकारको आलोचना पनि गरेका छन् ।

हेर्नुस् देउवाको विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ