रौतहटामा एकै दिन ७४ जना कोरोना संक्रमित , जिल्लामा मात्रै ३ सय ७ पुग्यो 

रौतहटामा एकै दिन ७४ जना कोरोना संक्रमित , जिल्लामा मात्रै ३ सय ७ पुग्यो 

  • मङ्लबार, जेष्ठ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

गौर जेष्ठ २० । प्रदेश २ को रौतहटमा मंगलबार मात्रै ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकु र धुलिखेलको प्रयोगशालमा गरिएको परीक्षणमा ७३ पुरुष र एक महिलामा संक्रमण देखिएको हो । यो सगैँ जिल्लामा संक्रमितको संख्या ३ सय ७ पुगेको छ ।

राजपुर नगरपालिकामा २१, राजदेवी १८, गौर १३, परोहा ४, गढिमाइ १ दुर्गागवती गाउँपालिका १४ र यमुनामाइ गाउँपालिकाका ३ जनामा कोरोना भाइरस संक्रमण देखा परेको हो ।

मंगलबारसम्म रौतहटमा मात्रै ३ सय ७ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । संक्रमित सबै भारतबाट आएका व्यक्ति हुन्। उनीहरुलाई सीमानाकाबाट सोझै क्वारेन्टाइन लगेर राखिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ