जेष्ठ २० वैतडी । नेपालमा क्वारेन्टाईनमा ज्यान जानेको संख्या बढ्दै गएको छ । गएराति फेरी बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ ।
पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको हो । उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् । उनी दमको बिरामी पहिले देखि रहेको बताईएको छ ।
जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टले मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर रिपोर्ट आए पछि मात्रै पोष्टमार्टम गरिने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline