जेष्ठ २० धरान । देशभर कोरोना संक्रमण बढीरहेका बेला केही निको हुने क्रम पनि बढेको छ । गएराति धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना संकमित कोरोना जीतेर घर फर्किएका छन् ।
रातिनै डिस्चार्ज गरिएका उनीहरुले धरानका मेयर तिलक राई र प्रतिष्ठानका निर्देशक गौरीशंकर शाह लगायतकाले पुष्प गुच्छा दिएर बिदाई गरेका थिए ।
दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । निको हुनेमा एक जना धरानकै महिला हुन् भने १७ जना झापा कचनकवलका हुन् ।
अब प्रतिष्ठानको आइसोलेसनमा ८० संक्रमित उपचाररत छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline