जेष्ठ १९ काठमाण्डौं । नेपालमा हाल सम्मकै सबै भन्दा धेरै एकै दिनमा २ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा यतिको संख्यामा देखिएको यो पहिलो पटक हो । यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार संक्रमित हुनेमा १ हजार ६६७ पुरुष र १३१ महिला रहेका छन्। सोमबार थप एक जिल्लामा कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा कोरोना संक्रमण देखिएको हो।यो सहित ५९ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।
थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ।
यस्तै धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ ।
धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ ।
कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १—१ जनामा पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ ।
नेपालमा कोरोनाबाट हाल सम्म ८ जनाको मृत्यु भईसकेको छ भने २ सय ४५ बढी निको भएर घर फर्किएका छन् ।