नवलपरासी पश्चिममा फेरि थपिए एक जना कोरोना संक्रमित 

नवलपरासी पश्चिममा फेरि थपिए एक जना कोरोना संक्रमित 

  • सोमवार, जेष्ठ १९, २०७७
  • - रबिन्द्र यादव

  • 5.5K
    SHARES

नवलपरासी पश्चिम १९ जेठ नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परिक्षणका क्रममा २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिएका छन ।

जेठ १३ गते सरावलको महेन्द्र मावि गडौरीमा रहेका ति पुरुषको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको थियो । संक्रमित व्यक्ति भारतबाट यहि जेठ ४ गते आएको खुलेको छ ।

संक्रमित व्यक्तिलाई अहिले छुट्टै राखिएको र थप कन्ट्रयाक ट्रेसिङ्ग गरि कोहि सम्पर्कमा आएको भए उनीहरुको स्वाब संकलन गरिने प्रमुख ढकालले बताए। सरावलमा यस अघि आरडिटि पोजेटिभ आएका दुई जनाको पनि स्वाब संकलन गरि परिक्षणका लागी काठमान्डौ पठाईएको छ, उनिहरुको रिपोर्ट आउन बाँकि नै छ ।

सरावलमा पहिलो पटक संक्रमित भेटिएका हो । यससंगै नवलपरासी पश्चिममा संक्रमितको सङख्या ६ पुगेको छ । यस अघि सुस्तामा २, प्रतापपुरमा १ र रामग्राममा ३ जना कोरोना संक्रमित भेटिएका थिए । आज प्रतापपुर र सुस्ताका कोरोना संक्रमितहरुलाई भैरहवा भिम अस्पतालबाट डिस्चार्ज हुने भएका छन । उनिहरु पिसिआर परिक्षण बाट पोजिटिभ देखिएपछि भिम अस्पतालको आइसोलेसनमा राखिएको थियोे ।

उनिहरु भारतबाट आएका थिए । आज नै सुस्ता गाउँपालिकाको वडा नं ५ बेलवानीमा रहेका क्वारेन्टाइनका २५ जनाको अारडिटी परिक्षण गर्दा ४ जना पोजिटिभ देखिएको सुस्ता गापा कि स्वास्थ्य प्रमुख निर्मला कुशवाहाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ