रोल्पा घोडागाँउको राजनीतिक पात्रहरु !

रोल्पा घोडागाँउको राजनीतिक पात्रहरु !

  • सोमवार, जेष्ठ १९, २०७७
  • -नारायण केसी पोख्रेल

  • 23.5K
    SHARES

१-“शक्तिमा पुगेपछि मात्र व्यक्तिको चरित्र र ईमानको सहि परिक्षण हुन्छ।”-अब्राहम लिङ्कन

२-“Forgive, not forget”-Nelson Mandela

३-“Democracy is device that ensures we shall be governed no better than we deserve”-
माथि उल्लेखित विद्वानको विचार कुनै न कुनै रूपमा शक्ति रशासन संचालनसँग सम्बन्धित छन्। शक्तिले शासकलाई मै खाऊ,मै लाऊ,मै गरौँ मोज मस्ती जस्तो पनि बनाउछ।
शक्ति र शासनको प्रसंग आउँदा राजाको अलौकिक पोशाक र एउटा बालकको सत्य वचन पनि उक्तिकै सान्दर्भिक छन्। शक्तिले मानिसलाई अन्धो बनाउछ भन्ने कुरा त राजाको अलौकिक पोशाकको प्रसंगबाट प्रष्ट नै हुन्छ तर एकदमै कम मात्र शासकलाई थाहा हुन्छ कि यो शक्ति क्षणिक मात्र हो भन्ने कुरा दीर्घकालीन त शक्तिमा रहदा शासकले गरेको कर्मको प्रभाव रहन्छ। जसको परिणाम नागरिक र स्वयमं शासक शक्ति बाहिर रहदा पनि बेहोर्नुपर्छ ।
हामी नेपालीले विभिन्न कालखण्डमा फरक–फरक राजनीतिक व्यवस्था र व्यक्तिको शासन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भोगेका छौँ तर ती व्यक्तिका बारेमा धारणा भने भिन्न भिन्न छन्। जस्तैः पृथ्वीनारायण शाह,भिमसेन थापा,देवशमशेर,राजा विरेन्द्र वि.पि.जननेता मदन भण्डारी नारायणमान बिजुक्छे,चित्र बहादुर के.सी.का बारेमा नागरिकमा एकखालको छवि र धारणा छ भने अर्को तर्फ जङ्ग ब।राणा,चन्द्र शमशेर,राजा ज्ञानेन्द्र,पारश शाह कमल थापाको बारेमा फेरि अर्कै खालको छवि र धारणा छ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा वलीको पनि भारतले नेपालमा लगाएको नाकाबन्दीमा लिएको अडान पछि र नाकाबन्दी अघि उहाँ प्रतिको नागरिक दृष्टिकोणमा जमिन आसमानको फरक छ। समकालीन राजनीतिमा केपी शर्मा वलीलाई असाध्यै चतुर नेताका रूपमा लिइन्छ, भलै उहाँका बारेमा पनि थुप्रै प्रश्न होलान्। तर भारतले लगाएको नाकाबन्दीमा देशको पक्षमा अडान लिएर नागरिकको सहानुभूति र माया पाउन सफल हुनु भयो। नाकाबन्दी ताकाको अडानलाई लिएर कतिपयले पृथ्वीनारायण शाह,राजा महेन्द्रसँग पनि जोडेर हेर्ने गरेको पाइन्थ्यो।
नेपालको राजनीतिमा लामो समय सत्ता अभ्यासमा संलग्न नेपाली राजनीतिक दलका केही नेता कार्यकर्ता नाकाबन्दी विरुद्ध छिटफुट बोले पनि आफुलाइ प्रजातन्त्रको हिमायती नै संझने एउटा ठुलो नेपाली दलले आधिकारिक रूपमा अहिलेसम्म पनि संविधान जारीको बेला भारतले नाकाबन्दी लगाएको थियो सम्म पनि भन्न सकेको छैन।
त्यसैले शक्ति अभ्यासमा उत्रने पात्रको एउटा जनपक्षीय कदमले पनि उ नागरिकको रोलमोडल बन्न सक्छ। नागरिकले नेपाली राजनीतिको बारेमा छलफल गर्दा राजा महेन्द्र,गिरिजा प्रसाद,प्रचण्ड कमल थापा जस्ता पात्रका बारेमा बनाउने दृष्टिकोणमा तुलनात्मक रूपमा बढी विविधता पाइन्छ। तुलनात्मक रूपमा अलि बढी विवादित पात्र हुन् भन्ने लाग्छ मलाई। यसो भनेर उहाँहरुको राजनीतिक योगदानलाई भने अवमूल्यन गर्न खोजीएको भने होइन।

रोल्पाको घोडाँगाउतिर जाँउ

रोल्पा १० वर्षे सशस्त्र जनयुद्धसँगै राष्ट्रिय र अन्तरास्ट्रिय राजनीतिको चर्चाको केन्द्रमा रहि रहेकोे छ। परिवर्तनको आन्दोलनमा रोल्पाका थवाङ्ग,राङ्सी,जेलवाङ्ग,घोडागाउ जस्ता गाउँहरु पनि बढी सुनिने र कुनै न कुनै रूपमा चर्चाको केन्द्रमा नै रहे। यस लेखमा हामी अलि बढी घोडागाउँको राजनीतिमा केन्द्रित रहने छौँ।

अरुकुरा छोडौँ यदि राजनीतिक आस्था र विचारको पूर्वाग्रही चस्मा फुकालेर हेर्ने हो भने एउटै आन्दोलनमा सक्रिय सहभागी भएका अन्य नेतागणको तुलनामा कुमार शाह प्रतिको नागरिक दृष्टिकोण एक खालको छ। अनि पंचिकोटका सक्रिय समाजसेवी लाल बहादुर पुनको पनि नागरिकमा स्वच्छ र निस्वार्थ छवि थियो,छ र रहि रहनेछ भन्ने लाग्छ मलाई।

राजनीतिमा एक समय यस्तो पनि थियोे जुनबेला एकछत्र हैकमवादी शासनलाई नै शासन मानिन्थ्यो तर त्यो पुरानो अवधारणा भइसक्यो। वर्तमान विश्व राजनीतिमा लोककल्याणकारी राज्य वा शासनको अवधारणा नै तुलनात्मक रूपमा अलि राम्रो शासन मानिन्छ जसले शासन संचालनका लागि शक्तिको प्रयोगलाई त स्वीकार गर्छ तर त्यो शक्ति नागरिकको हितमा हुनुपर्छ। शासकले सहजकर्ताका रूपमा आफ्नो भुमिका निर्वाह गर्नु पर्दछ भन्ने मान्यता राख्दछ। घोडागाउँमा चर्चा आइरहने सामाजिक छविहरु‘अनि घोडागाउँको राजनीतिमा पवन कवर,सशिराम कवर, बल बहादुर के.सी.(गणेश) केशवलाल कवर नाममा भ्रम नहोस् उहाँलाई धेरैले अर्कै नामबाट पनि चिन्नु हुन्छ । रोल्पाको सुनिल स्मृति गाउपालिका १ नम्बर वडाको वर्तमान अध्यक्ष ,मोहन विक्रम भण्डारी,कामना थापा,चेतलाल कवर भरत नेपाली ‘यी यस्ता नाम हुन् विभिन्न कालखण्डमा चर्चा र विवादमा आइरहन्छन्।

यी नाम यहाँ समावेश गर्नुका धेरै आधार र कारणहरु छन्।विभिन्न निर्णय प्रक्रियामा कुनै न कुनै रूपमा उहाँहरुको भुमिका रहेकै हुन्छ। निर्णय प्रक्रियालाई प्रभावित पार्ने ल्याकत राख्नु हुन्छ। समग्रमा उहाँहरुले विभिन्न राजनीतिक घटनाक्रम र परिस्थितिमा निर्वाह गर्नु भएको भुमिका नै प्रमुख कारण हुन्। यसो भनेर उहाँहरूले घोडागाउँको हित केही पनि योगदान छैन भन्न भने खोजिएको होइन। विभिन्न कालखण्डमा घोडागाउँको बिकासका लागि उहाँहरूले अतुलनीय योगदान पुर्याउनु भएको छ। नागरिकमा आगामी दिनमा पनि महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने नै छ भन्न आशा छ। प्रत्येक मानिसमा आ–आफ्नै विशेष क्षमता र विशेषता हुन्छन्। त्यसैले सबैलाई एउटै ढाचाँमा राखेर मुल्यांकन गर्नु पनि त्यति न्याय संगत नहोला। यस सम्बन्धमा अल्वर्ट आइन्स्टाइन । तर आन्स्टाइनलेयस सम्बन्धमा अल्वर्ट आइन्स्टाइन (Albert Einstein) भन्छन्:-“Everybody is genius. but if you judge a fish by it’s ability to climb a tree, it will live it’s whole life believing that it is stupid.” तर आन्स्टाइनले यस्तो विचार राखे पनि सार्वजनिक जीवन व्यतीत गरिरहेका व्यक्तिका बारेमा नागरिकले आफ्नो धारणा वा दृष्टिकोण बनाउनुलाई पनि अन्यथा लिन मिल्दैन होला। उहाँहरू सबैमा आ(आफ्नै फरक क्षमता र कमजोरीहरु छन्। जुन मानवीय गुण पनि हो। तर सार्वजनिक जीवन व्यतीत गर्ने व्यक्तिले सकेसम्म आफ्ना कमजोरीहरुलाइ घटाउदै र क्षमतालाई निखारदै लैजानु पर्छ। जसले समग्र सामाजिक परिवर्तन र देशलाई सकारात्मक दिशातर्फ लैजान टेवा पुगोस्।
आजैबाट सार्वजनिक जीवन व्यतीत गर्ने महानुभावहरुले आफुलाई स्वस्मुल्यांकन गरौँ र सकारात्मक दिशा तर्फ पाइला बढाऊ‘ ।

लेखक – त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस दाङका राजनीतिशास्त्र स्नातकोत्तर तहमा अध्ययनरत छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ