विप्लव नेतृत्वको नेकपाका नेता विरही रिहा, भरतपुर अस्पतालमा उपचार जारी

विप्लव नेतृत्वको नेकपाका नेता विरही रिहा, भरतपुर अस्पतालमा उपचार जारी

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

१८ जेठ, चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘विरही’ रिहा भएका छन् । जिल्ला अदालत चितवनमा आइतवार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले विरहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
वैशाख २३ गते उपचारका लागि भरतपुर अस्पताल गएका बेला विरहीलाई पक्राउ गरी प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । अदालतले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएको छ ।
प्रहरीले विरही धनुषा घटनामा पनि संलग्न भएको दाबी गरेपनि अदालतले त्यसलाई पनि अस्वीकार गर्दै उपचाररत अस्पतालमै लगेर राख्न भनेको छ । अदालतले शर्मालाई उपचारार्थ अस्पतालका सम्बन्धित चिकित्सकको परामर्श्बिना अन्यत्र स्थानान्तरण नगर्न वा उपचारमा बाधा नपु¥याउन पनि सरकारलाई निर्देशन दिएको हो ।
उनलाई चितवन प्रहरीले गत वैशाख २३ गते गम्भीर घाइते र सख्त बिरामी अवस्थामा भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट गिरफ्तार गरी राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो । लडेर ढाडको हड्डी भाँचिएपछि शर्मा उपचारका लागि अस्पताल पुगेका थिए । सुगरलगायत दीर्घरोगका कारण नेता शर्मा गम्भीर बिरामी छन् ।
शर्माका पक्षमा वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, अधिवक्ताहरू कपिलचन्द्र पोख्रेल, कमल पाठक, गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, रामचन्द्र देवकोटा, गङ्गाबहादुर कोइराला, नारायण गिरी, लक्ष्मण अधिकारी र सन्तोष कोइरालाले बहस गरेका थिए । शर्मालाई अदालतले साउन २१ गतेको तारिखसमेत दिएको छ । अदालतको आदेशसँगै हाल उनको भरतपुर अस्पतालमै उपचार भईरहेको छ ।
साथै अदालतले विप्लव नेतृत्वको नकपाका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएपनि पार्टीमाथि प्रतिबन्ध नगरेको र संविधानत पार्टीमाथि प्रतिवन्ध लगाउन नमिल्ने पनि भनेको छ ।

आदेश हेर्नुहाेस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ