कञ्चनपुर, १८ जेठ । एक साताको अवधिमा पश्चिम नेपाली गड्डाचौकीको नाकाबाट सत्र हजार नेपाली भित्रिए, एक हजार बढि भारतीय बाहिरिएका छन् ।
स्थानीय प्रशासनले भारतमा अलपत्र परेका नेपाली नागरिकको उद्दारका लागि १२ जेठदेखि पश्चिम कञ्चनपुरको गड्डाचौकी नाका खुलागरेपछि उक्त नाकाबाट आवत जावत बढेको हो ।
नेपालबाट भारत जाने भन्दा भारतबाट नेपाली आउँनेको सख्या ह्वात्तै बढेको छ । जसरी अहिले भारतबाट नेपाली स्वदेश फर्किनेको लर्को लागेको छ, ठिक त्यस्तै अन्य बेला रोजगारीका लागि नेपालबाट भारत जानेको लर्को लाग्थ्यो । एक साताको अवधिमा नेपालबाट बाहिरिने भन्दा १३ गुणाले बढि आएका छन् ।

सशस्त्र प्रहरी बलको तथ्याङ्ग अनुसार १२ जेठदेखि १८ सम्म १७ हजार ९ सय २० भित्रिए, एक हजार ३ सय ७७ बाहिरिएका छन् । १२ जेठमा २ हजार ६ सय ३६ भित्रिए ३ सय ५३ बाहिरिए, १३ जेठ ६ सय ९४ भित्रिए ५२ बाहिरिए, १४ जेठ १ हजार ५ सय ८६ भित्रिए, २ सय ५४ बाहिरिए, १५ जेठमा २ हजार ४ सय ५ भित्रिए, १ सय ७१ बाहिरिए, १६ मा २ हजार ७सय ८८ भित्रिए १ सय ७८ बाहिरिए, १७ मा ३ हजार ७ सय ५२ भित्रिए, २ सय ६२ बाहिरिए र १८ जेठमा ३ हजार, ५८ भित्रिए र १ सय ७ जना बाहिरिएका छन् ।
समान्य स्वास्थ्य चेकजाँच गरेर उनीहरुलाई सम्बन्धीत पालिका र जिल्लामा पठाईन लागिएको छ । सशस्त्र प्रहरी बल ३५नम्बर गणका गणपति वीरसिह शाहुले भारतबाट नेपाल आएकाको स्वास्थ्य परीक्षण गरेर सम्बन्धीत पालिका वा जिल्लामा पठाईन लागिएको बताए । ‘हामीले दैनिक ज्वरो नाप्छौँ,‘उनले भने, ‘ज्वरो बढि देखिए आरडिटी, आरडिटी पोजेटिभ आए पिसिआर गछौँ ।’ तर अहिलेसम्म कसैमा पनि ज्वँरो बढि देखिएको छैन् ।
भीमदत्त नगरका स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेका छन् । भने नेपाली सेनाले स्वाब संकलनका लागि कोरोना परीक्षण बुथ सीमा क्षेत्रमै राखेको छ । उनीहरुलाई सीमाबाटै सिधै पठाईन लागिएको छ । गुजाराका लागि भारत पसेका नालाबाला सहित नेपाली फर्किन लागेका छन् । नाका खुलेसंगै भारतबाट फर्किनेको दिनप्रतिदिन संख्या ह्वात्तै बढेको छ । दैनिक घर फर्किनेको संख्या ह्वात्तै बढेपछि कञ्चनपुरमा समेत रहेका क्वारेन्टाईन भरिभराउ छन् । हाल कञ्चनपुरमा ५ हजार बढि क्वारेन्टाईनमा बसेका छन् । ३ बर्षिया शिशुदेखि ५२ बर्षिया बुद्ध आईसोलशेनमा भारतबाट फर्किएका नेपालीमा कोरोनाका जस्तै लक्षण देखिन थालेपछि धमाधम आईसोलेशनमा बस्दै छन् ।

महाकाली अस्पतालमा साताको अवधिमा १३ जना भर्ना भएका छन् । ३ बर्षिया बालिकादेखि ५२ बर्षिया बृद्धि अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले आरडिटी रिर्पोटमा पोजेटिभ आएका १३ जनालाई अस्पतालमा राखिएको बताए ।
‘आरडिटी पोजेटिभ देखिएका सबै जना आईसोलेशनमा छन, ‘अध्यक्ष जोशीले भने, ‘कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन गरेका छौँ ।’ अस्पतालमै कोरोना परीक्षणका लागि मेसिन नहुँदा समस्या भईरहेको भन्दै अध्यक्ष जोशीले मेसिनको माग गरेका छन् ।
‘हामीले अस्पतालमै कोरोना परीक्षण मेसिन मागेका छौँ, ‘अध्यक्ष जोशीले भने, ‘तर अहिलेसम्म प्रदेश र संघीय सरकारले ध्यान दिएन् ।’ महाकाली अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारबाट ५० सैयाको आईसोलेशन कक्ष निर्माण अन्तिम चरणमा पुगेको अध्यक्ष जोशीले बताए ।‘हामी स्रोत साधन अभावका विच पनि कोरोना रोकथामका लागि युद्धस्तरमा जुट्छौँ, ‘उनले भने, ‘कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी एव डाक्टरका लागि छुट्टै बसोबासको प्रबन्ध गछौँ ।’