२४ घण्टामा १ सय ६६ जना संक्रमित, एकको मृत्यु : कोरोना निरन्तर बढ्दै नेपालमा

२४ घण्टामा १ सय ६६ जना संक्रमित, एकको मृत्यु : कोरोना निरन्तर बढ्दै नेपालमा

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

जेष्ठ १८ काठमाण्डौं । नेपालमा निरन्तर कोरोनाको संक्रमण र क्षति बढीरहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

२४ घण्टा भित्र कोरोनाका कारण २ बर्षे बालिकाको पनि मृत्यु भएको छ । बाजुरामा मृत्यु भएकी बालिकाको आज बिहान मृत्यु भएको थियो । यो सगैँ मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एक सय ६२ जना पुरुष र ४ जना महिला संक्रमित भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । यो सगैँे देशभर संक्रमितको संख्या १५ सय ६७ पुगेको छ ।

आज एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २२० पुगेको छ। जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन्। आज चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको हो।

प्रवत्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६९ हजार पाँच सय ८२ जनाको नमुना परीक्षण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ