एमसीसी बिरुद्ध गर्जिए विप्लव, सहीछाप नलगाउन पार्टी र सांसदलाई चेतावनी, संघर्षका कार्यक्रम घोषणा

एमसीसी बिरुद्ध गर्जिए विप्लव, सहीछाप नलगाउन पार्टी र सांसदलाई चेतावनी, संघर्षका कार्यक्रम घोषणा

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

जेष्ठ १८ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले व्यपाक जनमत एमसीसीको बिरुद्ध हुदा हुदै पनि काँग्रेसको समर्थनमा एमसीसी पास गर्न सरकारी पार्टी लागिपरेको भन्दै यसलाई अनुमोदन नगर्न चेतावनी दिएका छन् ।
महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गरी एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा सहीछाप नगर्न सत्तारुढ नेकपालाई चेतावनी दिएका छन् ।
‘एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अत्यधिक जनमत पास गर्नु हुँदैन भन्नेमा देखापरेको छ । त्यसैगरी कयौँ राजनीतिक पार्टी र व्यक्तित्वहरूले पनि त्यसका विरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ । सरकारी नेकपाभित्र पनि पास गर्नु हुँदैन भन्ने पक्ष देखापर्नुलाई पार्टीले सकारात्मक महत्वका रूपमा लिएको छ । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ । साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ ।’ विप्लवको विज्ञप्तिमा भनिएको छ ।

एमसीसी पारित भए प्रतिरोध गर्ने चेतावनी दिदै विप्लवले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । जस अनुसार जेष्ठ १९ र २० गते एमसीसी जलाउने, २१ गते प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको पुत्ला जलाउने, जेष्ठ २२ गते मशाल बाल्ने सहित आम हड्ताल सम्म गर्ने घोषणा गरेका छन् ।
हेर्नुस् विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी