जातीय विभेद अन्त्य गर्न बाबुरामको प्रस्ताव, विश्वकर्मा लेखौं, कामी लेखौं, हामी सबैले थर बदलौं

जातीय विभेद अन्त्य गर्न बाबुरामको प्रस्ताव, विश्वकर्मा लेखौं, कामी लेखौं, हामी सबैले थर बदलौं

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

काठमाडौं, १८ जेठ । जातीय विभेद अन्त्यका लागि समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन्।

प्रतिनिधि सभामा आइतबार भएको बजेटमाथिको छलफलका क्रममा उनले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने बताए।

‘पढेलेखेका हामीजस्ता बाहुन मान्छे श्रम गर्न हुन्न भनेर बस्ने, उपदेश दिएर बस्ने’, भट्टराईले भने, ‘क्षेत्रीहरू कुनैबेला लडाइँ लड्थे होलान्, राजनीतिक स्तरमा त्यो अहिले काम छैन, उनीहरू पनि लडाइँ–बडाइँ भनेर अर्काले गरेको खाएर बस्ने भयो।’उनले विगतमा वैश्यहरूले व्यापार गर्ने गरेका भए पनि अहिले व्यापार गर्नेको संख्या बढेकाले उनीहरुलाई नपुग्ने अवस्था रहेको बताए।

काम गर्ने मान्छेले ‘कामी भनेर गर्व’ गर्ने अवस्था श्रृजना गर्नुपर्ने  भन्दै भट्टराईले भने, ‘जो श्रम गर्ने हो सीप भएको हो। त्यसलाई दलित भनेर हेपेपछि विकास हुन्छ’, । उनले थपे, मेरो त एउटा प्रस्ताव छ – तपाईं हामी सबैले दलित नाम राखिदिउँ न। बाबुराम भट्टराई कामी भन्न किन नहुने?’ भट्टराईले बताए।

‘विश्वकर्मा लेखौं, कामी लेखौं हामी सबैले थर बदलौं। त्यसो भए बराबरी भइन्छ की’, भट्टराईले भने, ‘नत्र भर्खरै मात्र रूकुममा जे भयो त्यस्तो परिकल्पना गर्न पनि सकिन्न। क्रान्तिको इलाकामा प्रतिक्रान्ति भयो भने देश कहाँ जान्छ?’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ