नेपालीभूमिमा भारतले बनाएको सडक सञ्चालनमा रोक लगाउन सांसदको माग, भारत तनावमा

नेपालीभूमिमा भारतले बनाएको सडक सञ्चालनमा रोक लगाउन सांसदको माग, भारत तनावमा

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.9K
    SHARES

जेष्ठ १८ काठमाण्डौं । संसदमा निशान छाप बदल्ने विषयमा संविधान शसोधन प्रस्ताव दर्ता भए लगत्तै सांसदहरुले लिपुलेकमा नेपाली भूमिमा भारतले बनाएको सडक सञ्चालनमा रोक लगाउन माग गरेका छन् ।
भारतले एकातिर वार्ता गर्छु भनेर नेपाली भूमिमा यातायात नै सञ्चालन गर्ने तयारी गरेको भन्दै सांसदहरुले यसलाई अविलम्ब रोक लगाउन माग गरेका हुन् ।
नेकपाका सांसद विरोध खतिवडाले नेपालको लिपुलेकमा भारतले यातायात सञ्चालन गर्ने तयारी गरेको भन्दै जसरी पनि रोक्न सरकारसगँ माग गरेका छन् ।
संसदको आजको बैठकमा बोल्दै सांसद खतिवडाले कुटनीतिक वार्ता एकातिर हुदै गर्छ तर सडकमा रोक लगाउनु पर्ने बताए ।
यसै गरी नेकपाकै अन्य सासदहरु विना कुमारी श्रेष्ठ, शान्ता चा्रैधरी लगायतले भारतसगँको सीमानामा तारबार लगाउन माग गरेका छन् । संसदको बैठक जारी छ ।
नेपालमा संसदमा नक्सा बदल्न सविधान ससोधनको प्रस्ताव पेश भए पछि र काँग्रेसले पनि पारीत गर्न मतदान गर्ने निर्णय गरे पछि दिल्लीमा हलचल मच्चिएको छ ।
प्रधानमन्त्री मोदीको अनेकौ प्रयासका बाबजुद नेपाल चीनको पोल्टामा गएको र भारतको ३ सय ६५ बर्ग किलो मिटर भुभागमा नेपालले दाबी ठोकेको भन्दै उनीहरुले टिप्पणी शुरु गरेका छन् ।
भारतभित्र लिपुलेक पास सडकलाई भव्यतापुर्वक उद्घाटन गर्नु र सेनापति नरवाणेले अभिव्यक्ति दिनु गल्ती थियो भनेर समिक्षा समेत अधिकारीहरुले गरेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।
ईतिहास प्रमाण, र नैतिकताको हिशाबले र रणनीतिक रुपले समेत भारतले नेपाल आफ्नो पक्षबाट गुम्न सक्ने भन्दै चिन्ता जनाएको बताईएको छ ।
अहिले एकातिर चीनसगँ लद्धाखमा सीमा विवाद चर्किएर सन् १९६२ को युद्धपति सबै भन्दा तनावपूर्ण स्थिति पैदा भएको छ भने कास्मीरको मुद्धालाई लिएर पाकिस्तानसगँ समेत कठिन परिस्थितिको भारतले नेपालसगँको सम्बन्ध पनि खराब भए पछि चिन्ता गरीरहेको जनाईएको छ ।
सन् १९६२ को युद्धमा चीन विरुद्ध युद्ध गर्ने क्रममा भारतले नेपालको उत्तरी नाकाका १८ वटा स्थानमा सैन्य पोष्ट राखेको थियो । तर अब भारतले त्यो सुविधा नपाउने लगभग निश्चित छ । साथै चीनसगँ पराजीत भएर फर्किएको भारतीय सेनाले त्यही समयदेखि नेपाली भूमि कालापानीमा अड्डा जमाएर कब्जा गरेको नेपाली भूमि खाली गर्न उ माथि दबाब बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ