सदनमा संविधान संशोधन विधेयक पेश

सदनमा संविधान संशोधन विधेयक पेश

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची ९निशान छाप० मा समावेश गर्न सो विधेयक पेश भएको हो । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७’ पेश गर्नुभयो ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि यही जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान ९दोस्रो संशोधन०, २०७७’ विधेयक दर्ता गराएको थियो ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि सरकारले संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाएको थियो । प्रस्ताव पेश गर्नुअघि कानूनमन्त्री डा तुम्बाहाङ्फेले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १३ गते संसद्मा रहेका पार्टीका नेताहरुबीच सर्वदलीय बैठक आयोजना गरी राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्धरूपमा प्रस्तुत हुन र संविधान संशोधनको पक्षमा उभिन आग्रह गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको थियो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी