जेष्ठ १८ बाजुरा । बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका २ बर्षे बालिकाको आज बिहान मृत्यु भएको छ ।
जिल्लाकै बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीय बालिकाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।
बालकको पनि पिसिआरका लागि स्वाब संकलन गरेर धनगढी पठाईएको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । भारतबाट आउने क्रममा बिरामी परेका बच्चाको ज्यान गएको हो ।
बच्चामा ज्वरो आउने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको अस्पतालले जनाएको छ । यस अघि आजै बिहान डडेलधुरामा ६ बर्षे बालकको पनि ज्यान गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline