एजेन्सी जेष्ठ १८ । नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा कब्जा गरेर त्यसैमा सडक बनाए पछि नेपालले केही कुटनीतिक प्रतिरोध शुरु गर्नासाथ बिष बमन गर्न थालेका भारतीय मिडियाहरुले केही दिन अघि संविधान शसोधनको कार्यसूची पर धकेलिदा नेपाल पछि हट्यो भन्ने सन्देश फैलाएका थिए ।
तर नेपालको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संविधान शसोधनको पक्षमा उभिने निर्णय सार्वजनिक भए पछि संविधान शसोधन हुने र निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश हुने भएसगैँ भारतमा फेरी हलचल मच्चिएको छ ।
भारतीय मिडियाहरुले अब दुई तिहाई पुग्यो, यदी संविधान ससोधन भयो भने दुबै देशबीच सम्बन्धमा तिक्तता आउने भन्दै समाचार लेख्न शुरु गरेको छ । नवभारत टाईम्सले यो विधेयक पारीत भएमा भारत विरोधी नेता ओली थप बलियो हुने भनेर टिप्पणी गरेको छ ।
उसले भारतले पनि सख्त नीति अपनाउन थालेको भन्दै भारतको ३ सय ९५ बर्ग किलो मिटर भुभाग नेपालले नक्सामा हालेको भन्दै यस्तो समाचार लेखेको हो ।
अझ भारतीय अधिकारीहरुलई सुत्रको रुपमा हवाला दिदै मोदीले कोसिस गर्दा गर्दै पनि नेपाल चीनतिर ढल्किएको, लिपुलेक मानसरोबर सडक भव्य तरीकाले उद्घाटन गर्नु हुने थिएन भनेर टिप्पणी लेखेको छ ।
साथै भारतीय सेनापति नरवाणेले दिएको अभिव्यक्तिले पनि आगोमा घ्यु थपेको उक्त पत्रिकाले लेखेको छ ।