देशको संविधान शसोधन हुने निश्चित, आज ससदको कार्यसूचीमा पर्यो प्रस्ताव

देशको संविधान शसोधन हुने निश्चित, आज ससदको कार्यसूचीमा पर्यो प्रस्ताव

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

जेष्ठ १८ काठमाण्डौं । सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभाको आजको बैठकमा पेश गर्ने भएको छ ।
निशान छापमा नेपालको नक्सा परिवर्तनका लागि हुन लागेको सविधान शसोधन हुने निश्चित भएको छ । यस अघि बुधबार कर्यसूचीबाट यो प्रस्ताव हटे पछि विवाद बढेको थियो ।
सरकारले काँग्रेसलाई देखाएर कार्यसूचीबाट हटाएको थियो । तर काँग्रेसले समेत केन्द्रीय समितिको बैठकबाट संविधान शसोधनको पक्षमा मतदान गर्ने निर्णय गरे पछि सविधान ससोधन निश्चित बनेको छ । काँग्रेस र नेकपाको मत जोडिए पछि दुई तिहाई पुग्छ । संवैधानिक व्यवस्था अनुसार ससोधनका लागि दुई तिहाई मतको आवस्यकता पर्दछ ।
यसै गरी जनता समाजवादी पार्टीलाई समेत ससोधनका पक्षमा मनाउने सरकारले प्रयास गरीरहेको जनाईएको छ । तर जनता समाजवादी पार्टीले निशान छापका लागि मात्र नभएर अन्य बिषयमा समेत सविधान शसोधन हुनु पर्ने माग राखैको छ ।

आइतबारको बैठकको प्रस्तावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले :(क) “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” लाई प्रस्तुत गर्न अनुमति माग्ने र “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” पेश गर्ने कार्यसूची तय भएको छ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्ने प्रयोजनका लागि हुन लागेको संविधान संशोधन प्रस्ताव सम्भावित कार्यसूचीबाट हटेपछि यो विषयमा आलोचना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ