क्वारेन्टाईनमा बसेका ६ बर्षीय बालकको मृत्यु , पिसीआर परीक्षण हुदै

क्वारेन्टाईनमा बसेका ६ बर्षीय बालकको मृत्यु , पिसीआर परीक्षण हुदै

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

डडेलधुरा जेष्ठ १८ । नेपालमा क्वारेन्टाईनमा बसेका मानिसहरुको मृत्यु हुने क्रम बढेको छ । आज फेरी डडेलधुराको क्वारेन्टाइनमा राखिएका ६ बर्षीय बालकको मृत्यु भएको छ । डडेलधुराको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको गएराति १२ बजे मृत्यु भएको हो ।
डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक अचानक बिरामी भएर अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।
उनी आमा बाबुसगैँ सो क्वारेन्टाईनमा बसेका थिए । जिल्ला अस्पताल बालकलाई पुर्याउनासाथ उनलाई अस्पतालले मृत घोािषत गरेको थियो ।

डडेलधुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले क्वारेन्टाइनमा मृत्यु भएका बालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाईने जानकारी दिए ।
यस अघि हिजो मात्रै दैलेखमा एक युवाको क्वारेन्टाईनमै अचानक बेहोस भएर उपचार नपाउदै मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ