एजेन्सी जेष्ठ १८ । अमेरीकामा एक काला नागरिक जर्ज फ्लेईडलाई बर्बरतापूर्ण तरीकाले प्रहरीले हत्या गरेको बिरोधमा शुरु भएको प्रदर्शनले अमेरीकाभरी उग्र रुप
लिन थालेको छ । ब्यापक मात्रामा प्रहरीको गाडी, सार्वजनिक संरचनाहरुमा आगजानी, तोडफोड तीव्र बन्दै गए पछि प्रहरीले पनि गोली चलाउन थालेको छ ।
मिनेपोलिस राज्यमा जर्जलाई प्रहरीले हिरासतबाट बाहिर निकालेर घाटीमा घुडाले थिचेर हत्या गरेको भिडियो सार्वजनिक हुनासाथ प्रदर्शन शुरु भएको थियो ।
अहिले मिनेपोलिस राज्यमा हजारौँ राष्ट्रिय सुरक्षागार्ड तैनाथ गरिए र कफ्र्यु घोषणा गर्दा समेत आन्दोलन रोकिएको छैन । आन्दोलन अमेरीकाका अन्य दर्जनौ राज्य हुदै राष्ट्रपति कार्यलय अगाडी समेत प्रदर्शन भएको छ ।
प्रहरीले अश्रुग्यास, पानीको फोहरा चलाए पनि प्रदर्शनकारी पछि हटेका छैनन् । डिट्रोईटमा एक जना आन्दोलनकारीको प्रहरकिो गोलीबाट मृत्यु भएको छ भने देशभरबाट संयौ प्रदर्शनकारी पक्राउ गरिएको सिएनएनले जनाएको छ ।
राष्ट्रपति कार्यलय बाहिर समेत प्रदर्शन चर्किए पछि राष्ट्रपति कार्यलयको ढोका बन्द गरिएको थियो । खबर अनुसार राष्ट्रपति ट्रम्पले कार्यलयभित्रैबाट प्रदर्शन नियालेका थिए ।
केही तस्वीर र भिडियो तल हेर्नुस् :
![]()

यसरी हत्या गरिएको थियो जर्ज फ्लेईडको
संसारलाई मानव अधिकारको पाठ पढाउने अमेरीका भित्र अझै पनि काला नागरिकहरुमाथि कति सम्म अपराध हुदो रहेछ भन्ने स्वयं राज्यको प्रहरी अधिकारीले नै काला नागरिकमाथि गरेको पाशविक हत्याबाट स्पष्ट हुन्छ ।
जर्ज फ्लोईड नामका काला व्यक्तिलाई सडकको बीचमा नाग्गै लडाएर उसको घाटीमा घोडाले थिचेर पानी , पानी , मैले सास फेर्न सकिन , कृपया मलाई बचाउनुस् भन्दा समेत नसुनी पासविक तरीकाले हत्या गरेको भिडियो भाईरल बनेको छ ।
यो भिडियो सार्वजनिक भए पछि त्यस घटनामा संलग्न ४ जना गोरा प्रहरी अधिकारीमाथि एफबीआईले अनुसन्धान अघि बढाएको छ ।
कैयौ मिनेट सम्म सडकमा घाटीमा घोडाले बेस्सरी थिचिरहदा ती काला फ्लोईडले मलाई सास फेर्न गाह्रो भयो , मेरो पेट दुख्यो , पानी , पानी भन्दै बिस्तारो खोक्न खोजेको सुनिन्छ , तर अहँ ती प्रहरी अधिकारीले कुनै सुनुवाई गर्दैनन् , जब केही समय पछि घोडाले थिच्न छाडेर अस्पताल पुर्याइएको थियो । तब उनको मृत्यु भईसकेको थियो ।
यो ईन्काउन्टर भन्दै सामाजिक सञ्जालमा भिडियो भाईरल बने पछि ब्यापक आलोचना भएको छ ।