इशनाथ नपाका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नजाने,आन्दोलनका कार्यक्रम सार्वजनिक

इशनाथ नपाका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नजाने,आन्दोलनका कार्यक्रम सार्वजनिक

  • शनिबार, जेष्ठ १७, २०७७
  • संजय कुमार सहनी

  • 20.4K
    SHARES

रौतहट, जेष्ठ १७ । रौतहटको इशनाथ नगरपालिकाको स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्था तथा क्वारेन्टाइनमा डयुटि नगर्ने निर्णय गर्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन । शुक्रबार नपाको वडा नं.७ मा अवस्थित अनवारुल हक मदर्सा मोतीगंज जोकहामा स्वास्थ्यकर्मी माथि भएको संघातमिक आक्रमणको घटनालाई छानविन गरी दोषी माथि कारवाहीको माग गर्दै संर्घषका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

कोभिड १९ रोगको संक्रमण फैलिनबाट रोकथामका लागि बनाइएको क्वारेन्टाइनमा खटेका स्वास्थ्यकर्मी र स्वास्थ्य चौकीमा रहेको डयुटि रुम र भन्डार शाखामा एक्कासि आक्रमण गरी स्वास्थ्यकर्मीलाई घाइते बनाइ अभद्र व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएको बुझिएको छ । डयुटिमा खटेका स्वास्थ्यकर्मी माथि ढुगंमुढा, धारिलो हतियार र खुर्सानीको धुलो सहित आक्रमण गरेको व्यक्तिलाई पक्राउ गरी कडाकारवाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित बन्न पुगेका मेयर संतोष मेहताले बताए ।

मेयर मेहताले दोषी जो कोहिलाई पनि कारवाही गरीनु पर्ने विचार व्यक्त गरे । स्वास्थ्य संमयोजक इशराजुल खानद्वारा हस्ताक्षरित यस प्रेस विज्ञपतीमा १७ गते आज शनिवार देखि नपामा खट्दै आएका स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्था तथा क्वारेन्टाइनमा डयुटि नगर्ने, सम्पूर्ण स्वास्थ्यकर्मीहरु दोषीमाथि कारवाही नहुनजेल सम्म नगरपालिका परिसरमा धर्ना दिने र देशभरीका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सहयोगको लागि अपिल गर्ने, संघर्षका कामहरु सार्वजािक गरिएको उल्लेखछ । संयोजक खानले प्रहरी माथि आक्रमण गरेका स्थानीयले स्वास्थ्यकर्मीलाई जे पनि गर्न सक्ने हुदा सुरक्षाको प्रत्याभूति र व्यवस्थापन नभए सम्म डयुटिमा कोहि पनि नफर्किने बताए ।


शुक्रबार कारोनाबाट संक्रमित दूई विरामीलाई उपचारको विषय लिएर केही असमाजिक तत्वले प्रहरी र स्वास्थ्यकर्मी माथि ढुगांमुढा गरेका थिए । कोरोना संक्रमीतलाई उपचारको लागि अन्यत्र आइसोलेसनमा लगिरहेका प्रहरी टोली र स्वास्थ्यकर्मी माथि ढुगांमुढा प्रहार गरेपछि प्रहरी, स्वास्थ्यकर्मीलाई चोटपटक लागेको र गएका एम्बुलेन्समा क्षति पनि भएको थियो । घटनालाई साम्य पार्न प्रहरीले १२ राउण्ड हवाई फायर गरेका थिए ।

चौबीसै घण्टा जनताको सेवामा खटिरहेका स्वास्थ्यकर्मी र प्रहरीमाथि भएको घटना निन्दनीय रहेको भन्दै नेकपाका नगर अध्यक्ष बब्लु मेहताले दोषी माथि कडा कारवाहीको माग गरेका छन् । मेहताले समाजिक संजालमा भ्रामक पोष्ट गरी जनतालाई उस्काउने केही असाजिक तत्वको कारण यो घटना भएको भन्दै यसबारे गम्भीर हुदै छानविन प्रक्रिया बढाइ दोषी माथि कारवाही गर्न माग गरे । मेहता मात्रै होइन यो घटना अमानविय रहेको भन्दै दोषी माथि कारवाहीको लागि चारैतिरबाट चौतर्फी आवाज उठन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ