जेष्ठ १७ काठमाण्डौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ आज दैलेखको क्वारेन्टाईनमा बसेका एक युवाको मृत्यु पनि कोरोनाबाट भएको पुष्टी भएको छ यो सगँै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । मृतक युवाको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिएका छन् । दुल्लु नगरपालिका ११ मा भारत गुजरातबाट दश दिन अघि आएका ३५ बर्षे ती युवाको आज अचानक बेहोस् भए पछि मृत्यु भएको थियो
कोरोना संक्रमितको शब दुल्लुस्थित क्वारेन्टाइनमै छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा आइतबारमात्र शव व्यवस्थापन गरिने प्रदेश सरकारले जनाएको छ । दैलेख सदरमुकामबाट नेपाली सेनाको टोली शब व्यवस्थापनको लागि दुल्लुतर्फ गएको छ ।
उनी बेहोस् भएर ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।
रिपोर्ट पोजिटिभ आएसँगै उक्त क्वारेन्टाइनमा बसेका अन्य व्यक्तिहरु त्रसित भएका छन् । दुल्लुस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा अहिले ७९ जना छन् । मृतक व्यक्तिसँग अन्य तीनजना व्यक्ति एउटै ओछ्यानमा सुत्ने गर्थे ।
