दैलेख, १७ जेठ । दैलेखको दुल्लु नगरपालिका–७ मा रहेको विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका ३५ वर्षीय कर्णबहादुर थापाको शनिबार बिहान मृत्यु भएको छ ।
दुल्लु नगरपालिका–११ का थापा बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा एक्कासी बेहोस भएका थिए । १२ दिनअघि भारतबाट आएका उनकाे बेहाेस भएकाे केही बेरमा मृत्यु भएको बताइएको छ ।
क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा दुई दिनअघि पठाइसकेको छ ।
यसैगरी दैलेखको नारायण नगरपालिकामा थप १४ जनामा कोराना पोजेटिभ देखिएको छ । १७ देखि ५० वर्ष उमेर समूहका मानिसहरुलाई कोराना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए ।
उनीहरु सबै भारतबाट आएका हुन् । दैलेखमा कोरोना पुष्टि हुनेको संख्या ३० पुगेको छ ।