एमसीसीका बिषयमा चर्काचर्की पछि , तत्काललाई त्यस सम्झौता अन्तर्गतका काम रोक्ने नेकपा सचिवालयको निर्णय

एमसीसीका बिषयमा चर्काचर्की पछि , तत्काललाई त्यस सम्झौता अन्तर्गतका काम रोक्ने नेकपा सचिवालयको निर्णय

  • शनिबार, जेष्ठ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

जेष्ठ १७ काठमाडौँ । नेकपाका नेताहरुबीच एमसीसी अनुमोदन नभए सम्मका लागि यस परियोजना अन्तर्गतका काम रोक्ने सहमति भएको छ ।
आज बालुवाटारमा बसेको सचिवालयको बैठकमा एमसीसीका बारेमा परिमार्जन नभए सम्म कसरी बजेटमा यो बिषय प्रवेश गर्यो भनेर धेरै जसो नेताहरुले कुरा उठाएका थिए ।
भलनाथ खनाल , बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल लगायतकाले एमसीसीलाई अनुमोदन नहुदै बजेटमा कार्यक्रममा समावेश भएको भन्दै बिरोध गरे पछि बैठकमा निम्त्याईएका अर्थमन्त्री युवराज खतिवडाले सामान्य जवाफ दिएका थिए ।
त्यस पछि कड्किदै गौतमले अर्थमन्त्री खतिवडाले मनपरी ढंगले बजेटमा एमसीसी प्रवेश गराएर पार्टीको अपमान गरेको भन्दै आक्रोस पोखेको स्रोतको भनाई छ ।
प्रदीप ज्ञवालीले पुरानै कुरा दोहोर्याउदै एमसीसी अनुमोदनको पक्षमा वकालत गरेको र रक्षा मन्त्री ईस्वार पोख्रेलले एमसीसीको पक्ष वा विपक्षमा नबोलेको स्रोतले बताएको छ ।
अधिकाश नेताहरु परिमार्जन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा रहेका छन् । यही विवादका बीच आज एमसीसी अनुमोदन नहुदा सम्म यस मातहतका काम रोक्ने सहमति बनेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ुएमसीसी सम्झौतका बारेमा पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन यसअघि नै बुझाईसकेको छ । त्यो प्रतिवेदनलाई समेत अध्ययन गरेर छिटटै पार्टी सचिवालय बैठकमा त्यसबारेमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी बनेको छ । त्यसको लागि दुवै अध्यक्षले समझदारी गरेर सचिवालय बैठकको मिति तय हुनेछ,’ श्रेष्ठले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ