सोती हत्याकाण्डको निश्पक्ष छानवीनको माग गर्दै राष्ट्रिय दलित पत्रकार संघद्धारा देशभर प्रदर्शन(तस्विरसहित)

सोती हत्याकाण्डको निश्पक्ष छानवीनको माग गर्दै राष्ट्रिय दलित पत्रकार संघद्धारा देशभर प्रदर्शन(तस्विरसहित)

  • शुक्रबार, जेष्ठ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES
soti-hatyakanda-biro-dalit-patrakar-journalist-mirmireonline

काठमाडौँ, १६ जेठ । रुकुम पश्चित चौरजहारी नगरपालिका— ८ सोतीमा भएको हत्याकाण्डको निश्पक्ष छानवीनको माग गर्दै राष्टिय दलित पत्रकार संघ नेपालले देशभर प्रदर्शन गरेको छ ।
जाजरकोटका नवराज विकसहित ५ जना युवा मारिएको घटनाको निष्पक्ष छानवीन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तीको माग गर्दै काठमाडौंसहित देशभर एकैसाथ पत्रकार र बिभिन्न संघसस्थाले बिरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौँ माइतिघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा पाँजजना दलित समुदायका युवाहरु सेतो कपडा बेरेर धर्नामा बसेका थिए । उनीहरुले मैन बक्ति बालेर ‘सरकार अध्यारोमा कहाँ छ ? उज्यालो यहाँ छ ।’ लेखिएको प्लेकार्ड छातिमा टाँगेर प्रदर्शनमा उत्रिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासविच रमेश विष्टले जातीय भेदभाव तथा छुवाछूथ विरुद्धको रुकुम घटनाको राजनीतिकरण नगरी निष्पक्ष छानवीन र कारवाहीको माग गर्नुभयो । दलितमाथिको उत्पीडन र भेदभाव तत्काल अन्त्य गर्न सरकारले शुन्यसहनशीलता अपनाएर कानुन कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ । घटनालाई तोडमोड गरेर पीडित परिवारलाई थप अन्याय गरिएकोप्रति सरकारको ध्यानाकर्षण गरिएको छ ।


कार्यक्रममा जागरण मिडिया सेन्टरका रेम बिश्वकर्मा, साझा पार्टीका नेता प्रकाशचन्द्र परियार, पत्रकार ऋषि धमला, संघका उपाध्यक्ष गोपाल बराइलीले लगायतले जातीय विभेद दण्डनीय भएपनि समाजमा अझै विभेद कायम हुनु दुःद भएको र यसको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालले रुकुम हत्याकाण्ड लगायतका देशभर दलित समुदायमथि घटेका घटनाहरुको बिरुद्ध र न्यायका लागि देशभर कार्यक्रम गरेको हो । पिडितले न्याय र दोषीमाथि कार्वाहि नभएसम्म आफुहरुको आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।
लकडाउनका बेला दलित समुदायमाथि जातीय भेदभाव तथा छुवाछूतको घटनाहरु बढिरहेको तर सरकारले वेवास्ता गरेको भन्दै दबाव मूलककार्यक्रमहरु राष्ट्रिय दलित पत्रकार संघ नेपालले गर्नुपरेको बराइलीको भनाई छ ।


माइतिघर मण्डलामा सम्पन्न कार्यक्रममा दलित आन्दोलनका अगुवा, युवा तथा अधिकारकर्मीहरुको सहभागिता थियो । छुवाछूतका घटनाहरु विरुद्ध संघले निरन्तर विरोधका कार्यबmमहरु गर्दै आएको र गरिरहने बताइएको छ । गत १० गते साँझ चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय विवाह गर्ने क्रममा भएको घटनामा पाँच जना युवाहरुको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन । घटनामा जाजरकोटका नवराज विक, टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विकको मृत्यू भएको थियो । गोविन्द शाही अझै वेपत्ता छन ।
घटनामा संलग्न चौरजहारी ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहितलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

तस्बिरमा हेर्नुहाेस् । 

तस्विरः प्रतिभा श्रेष्ठ/सिर्जना तिम्सिना

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ