जेष्ठ १६ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना फैलिरहेको छ । एकै दिन आज १ सय ७० जना संक्रमित भएका छन् । आज रौतहट, कपिलबस्तु, बाके, सर्लाही, सप्तरी लगायतका जिल्लाबाट थपिएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ । पुरुष ११ सय ३ पुरुष र एक सय ९ महिला रहेका छन् ।
संक्रमित हुनेमा सबै भन्दा धेरै रौतहटमा ५६ जना , कपिलबस्तुमा ५१ जना झापामा २८ जना रहेका छन् झापाका २८ जना रहेका छन् ।
त्यसै गरी सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।
यस्तै आज समेत गरेर देशभर कोरोना जीतेर निको हुनेको संख्या २ सय ६ पुगेको छ । २४ घण्टामाल पाटन, बलम्बु शसस्त्र प्रहरीको अस्पताल र दागंबाट गरी १९ जनाले कोरोना जीतेर घर फर्कन सफल भएका छन् ।
भारतबाट नेपाल आउदा आउदै मृत्यु भएका अर्घाखाँचीका युवालाइ पनि हिजो बेलुकी रिपोर्ट पोजेटिभ आएसगैै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ६ पुगेको डा. देवकोटाले घोषणा गरे ।
यसै गरी भारतबाट नेपाल आउने क्रममा बाटोमा मृत्यु भएका अर्घाखाचीका युवाको कोरोना पोजेटिभ देखिए पछि उनलाक्ष्ए कोरोनाका कारण मृत्यु भएको घोािषत गरिएको छ योसगँै कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सिन्धुपालचोक, बाके, गल्मी, बारा,ललितपुर र अर्घाखाँचीका संक्रमितको मृत्यु भएको हो । यी मध्य ५ जनाको मृत्यु पछि मात्रै संक्रमण पुष्टी भएको हो ।