कपिलवस्तुमा एकै दिन २८ संक्रमित थपिए, मरेको चार दिन पछि एक युवामा कोरोना पुष्टी

कपिलवस्तुमा एकै दिन २८ संक्रमित थपिए, मरेको चार दिन पछि एक युवामा कोरोना पुष्टी

  • शुक्रबार, जेष्ठ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

कपिलवस्तु जेष्ठ १६ । दिनहुँ कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ । यसै क्रममा आज कपिलवस्तुमा बिहीबार एकै दिन कोरोनाका २८ संक्रमित थपिएका छन् । यीमध्ये एक जनामा मृत्यु भइसकेपछि संक्रमण पुष्टि भएको हो । उनी अर्घाखाँचीका बासिन्दा हुन् ।

विजयनगर गाउँपालिकामा एकै दिन ९ जनामा संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले गरेको पीसीआर परीक्षणले यस्तो नतिजा देखाएको हो । रामनरेश माविको क्वारेन्टाइनमा बसेका उनीहरू वार्ड नं ३, ५ र ७ का हुन् । यससँगै विजयनगरमा संक्रमितको संख्या १३ पुगेको छ ।

त्यस्तै कपिलवस्तु नगरपालिकामा १७ जना थपिएका छन् । यिनमा वडा नं ७ का एक, ८ का १२, वडा नं। १० का एक र वडा नं। ११ का तीन जना छन् । महाराजगन्ज नगरपालिका–७ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका–९ का ३५ वर्षीय व्यक्तिको भारतबाट आउने क्रममा कपिलवस्तुमा मृत्यु भएको थियो । जेठ ११ मा कृष्णनगरमा उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ