जेष्ठ १६ काठमाण्डौं । मे ८ मा भारतले नेपाली भूमि लिपुलेक हुदै मानसरोबर जाने सडक उद्घाटन गरे पछि नेपालले कुटनीतिक प्रतिरोध शुरु गरे पछि उत्तारचढावपूर्ण देखिएको भारतले फेरी रचनात्मक बातावरण भएमा वार्ता गर्ने र समाधान गर्ने भनेको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले रचनात्मक र सकारात्मक वातावरण भए मात्रै वार्ता भनेर बिहिबार दोहोर्याएका छन् । यसको आशय बुझ्न कठिन छ ।
आखिर भारतले खोजेको रचनात्मक भनेको के हो ? यसको भित्री उदेश्य के हो ? निश्चित छैन । तर विस्तारै भारतलाई कालापानी, लिपुलेक र लिम्पियाधुर नेपालको भूभाग नेपालको हो भन्ने थाहा हुदाँ हुदै पनि उसले फिर्ता गर्न अनैकौ निहु र उपायद्धारा टार्न खोजिरहेको छ ।
नेपालले जनताको व्यापक समर्थनमा कुटनीतिक अडान र व्यवहारहलाई परिपक्व बनाउदै लाने हो भने अब भूमि फिर्ता गर्नु पर्ने नैतिक एवं रणनीतिक संकटमा भारत पर्दैछ ।
तर सलिधान शसोधनको प्रस्ताव अचानक गायव हुनु, भारतीय दुतहरु सक्रिय भएको कुरा आउनु र मोदीले ओलीसगँको टेलिफोन संवाद स्थगित गर्दै जानुले भारत हेपेर वा पेलेर कालापानी खाईरहने उपायको खोजीमा जस्तो देखिन्छ । जुन अब नेपाल र नेपालीले सजिलै छाड्ने वाला छैनन् ।
नेपालले आफ्नो नक्सा जारी गरे पछि तिलमिलाएर प्रोपोगण्डामा उत्रिएको भारतीय मिडियाले सविधान शसोधनको प्रस्ताव हटाईदा नेपाल पछि हटेको प्रचार गरेका छन् ।