खाद्यान्न ढुवानी भन्दै मदिरा र धुम्रपान तस्करी लकडाउनमा उपभोक्ता लुट्दा आफै फन्दामा!

खाद्यान्न ढुवानी भन्दै मदिरा र धुम्रपान तस्करी लकडाउनमा उपभोक्ता लुट्दा आफै फन्दामा!

  • बिहिबार, जेष्ठ १५, २०७७
  • -डम्मर राज भट्ट

  • 13.8K
    SHARES

कञ्चनपुर, १५ जेठ लकडाउनका कारण कञ्चनपुरका केही व्यापारीहरूलाई फलिफाम भएको छ, भने केहीको टाढ पल्टिएको छ । ईमान्दार व्यवसायीले सरकारले आब्हान गरेको नियम पालना गर्दै लकडाउन गरिएको शुरुकै दिनदेखि व्यवसाय उद्योग बन्द गरेर घरमै बसेका छन् ।
बदमास केही व्यवसायी भने लकडाउनको मौकाछोपी म्याद गुज्रिएका औषधी लगायतका दैनिक उपभोग्य समान त्यो पनि चर्को रकम अशुल्न उद्यत छन् । यती मात्र नभई खाद्यान्न समाग्री भन्दै मानव स्वास्थ्यका लागि हानिकार मदिरा, धुम्रपान तस्करीमा जुटेका छन् । गाडीको अगाडी खाद्यान्न ढुवानी लेखेर प्लेट झुण्ड्याउँदै मदिरा, धुम्रपान ओर्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मदिरा र धुम्रपानका समान ओसार्ने व्यवसायीमाथि कार्बाही चलाएको छ । जिल्लाको उत्तरी भेग भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका क्षेत्रमा खाद्यान्न भन्दै मदिरा ढुवानी भईरहेको छ, भने दक्षिण भेग पुर्नवास, बेलौरी, बेलडाँडी, लालझाडी क्षेत्रमा धुम्रपान तस्करी भईरहेको छ ।
गुटका, सुर्तिजन्य पदार्थ, बिडी चुरोट ढुवानी भईरहेको छ । मदिराका पनि विभिन्न ब्राण्डहरु ढुवानी गरिरहेको अवस्थामा कतै प्रहरी, कतै जनप्रतिनिधीले नियन्त्रणमा लिएर मदिरा नष्ट गरेका छन् । गत चैत्र तेस्रो साता खाद्यान्न भन्दै मदिरा ओसारी रहेका केही व्यवसायी शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह महरा नेतृत्वको कोरोना भाईरस नियन्त्रण तथा उच्च सर्तकता विशेष कार्यदलले मदिरा बोकिरहेका दुई जना व्यवसायीलाई नियन्त्रणमा लिएको थियो । कार्यदलका संयोजक एव शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर महरा स्वयम आफै बिहानैदेखि वडामा लकडाउन प्रभावकारी बनाउन खटिएका थिए । उनको टोलीले १९ चैत्र ७६ बिहान ६ बजेतिर दुई मोटरसाईलकमा मदिरा बोकिरहेका व्यवसायीलाई नियन्त्रणमा लिईएको थिए । वडाध्यक्ष महराका अनुसार कलुवापुर बजारको बोहरा मदिरा पसलबाट मदिरा ल्याईरहेका कृष्णपुर नगरपालिका १ सुन्दरफाँटाका राम प्रशाद चौधरी र पर्शुराम चौधरीलाई नियन्त्रणमा लिएको थियो । से ५ प ८४७४ र म१प ८७११ नम्बरको मोटरसाईकलमा ५ पेटी सौफि, २ पेटी डायमण्ड र १ पेटी भोट्का सहितका मदिरा बोकिरहेको अवस्थामा नियन्त्रणमा लिईएको थियो ।
‘हामीले मदिरा नष्ट गरिदियौँ, ‘वडाध्यक्ष महराले भने, ‘उनीहरुलाई सम्झाई बुझाई सेल्फ क्वारेन्टाईनमा बस्ने प्रतिबद्धता लिएर छाड्यौँ ।’ पहिलो पटकका लागि आम माफि दिएर छाडेको बताउदै वडाध्यक्ष महराले लकडाउनको समयमा अवउपरान्त मदिरा बोक्ने, बिक्रि वितरण गर्ने एव सेवन नगर्ने लिखित प्रतिबद्धता सहित छाडिएको थियो । दक्षिण भेग बेलडाँडीमा पनि पाँच दिनको अवधिमा दुई व्यवसायी एक मोटरसाईक र जिपमा धुम्रपान ओसारी रहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । ईलाका प्रहरी कार्यालय बेलडाँडीले १० जेठमा बिडी तस्करी गरिरहेको अवस्थामा झलारी क्षेत्रका व्यवसायी श्रेष्ठ किराना पसलको एक जिप र चालक नियन्त्रणमा लिएको थियो । म १च २५५ नम्बरको जिपमा दुई बोरा बिडी ओसारी रहेको अवस्थामा ईप्रका बेलडाँडीले चालक प्रेम केसीलाई नियन्त्रणमा लिएको थियो ।
कालो बजारी गरेको भन्दै शुक्लाफाँटा नगरपालिका १० झलारीको श्रेष्ठ किराना पसललाई प्रशासनले १५ दिन कैद सजाय समेत तोकेको छ । जिपमा दुई बोरा बिडी तस्करी गरेको साता नवित्दै बेलडाँडीको कृयाशिल अल स्टार युवा क्लबका अध्यक्ष चेत बहादुर शाह सहितका युवाको टोलीले से ३ प ९७२६ नम्बरको मोटरसाईकलमा बिडी तस्करी गरिरहेकै अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । १३ जेठ रातीको समयमा बेलडाँडीदेखि झलारी तर्फ बिडि तस्करी गरिरहेको अवस्थामा कृष्णपुर नगरपालिका १ कञ्चनपुरका सोवेन्द्र कार्की, मोटरसाईकल र बिडि ईप्रका बेलडाँडीले नियन्त्रणमा लिएको थियो । स्थानीय, जनप्रतिनिधी र प्रहरीको फन्दामा परेका यि उदाहरण मात्रै हुन् । जिल्लाभरी खुलेयाम मदिरा, धुम्रपानको तस्करीका साथै बिक्रि वितरण भईरहेको छ । ९कोडिभ १९० रोकथामका लागि लगाईएको लकडाउन उलङघन गर्दै केही फटाह व्यवसायीबाट भईरहेको यो घृषित कार्यको सर्वत्र बिरोध गरिएको छ ।
यस्तामाथि कडा कार्बाहीको माग अघि सारिएको छ । गुलरिया बजार व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर देउवाले कृष्णपुर नगरपालिकाभरी खुलेयाम मदिराको बिक्रि वितरण भईरहा समेत स्थानीय प्रशासन,रोकथामका लागि कुनै पहल नगरेको बताए । मदिराकै उपज कृष्णपुरका एक युवाले बाबुको हत्या गरेको जोलन्त उदाहरण हुँदा पनि मदिराको बिक्रि वितरण एव कारोबार नरोकिएको बताए । ३० चैत्रमा कृष्णपुर नगरपालिका ४ मुक्तकमैया शिबिरका ५२ बर्षिया बृद्ध तौला राना मदिराका पारखी थिए । उनी सदैव मदिरा सेवन गरेर घरमा विवाद गर्ने र परिवारका सदस्यसग मदिरा सेवन गरेर झगडा गथे । लकडाउन थियो । रोजगारीका लागि भारत गएका छोरा भारत र अर्का छोरा धनगढी अडकिएका थिए, घरमा रहेका तेस्रा छोरा संगिन राना९सुमन० घरमै थिए ।
मदिराले लठ् भएर घरमा किचलो गर्ने बाबुमाथि सुनले घरेलु हतियार प्रहार गरि ठाँउको ठाँउ हत्या गरे । विश्व स्वाथ्य संगठन सहित नेपालकै जनस्वास्थ्यकर्मी एव चिकित्सकले कोरोना महामारीका बेला धुम्रपान तथा मध्यपान झन हानिकार भएको भन्दै सेवन नगर्न अनुरोध गर्दै आएका छन् । सुदुरपश्चिमाञ्चल विश्वविद्यालय स्नाकोत्तर समाजशास्त्रका विद्यार्थी कैलाशचन्द्र गिरीले कोरोना संक्रमण फैलिन नदिन अत्यावश्यक खाद्यान्न औषधी मात्रै ढुवानी एव बेचबिखन गर्ने भनेपछि नैतिकता र ईमान्दारिता गुमाउँदा मद्यपान, धुम्रपानको तस्करी एव बिक्रि वितरण भईरहेको टिप्पणी गरे ।‘प्रतिबन्ध लगाएपछि त्यसको पालना गर्नुपर्छ, ‘उनले भने, ‘केही व्यवसायी जोखिम मोलेर यस्ता कारोबारमा लागेका छन, उनीहरुको मानसिकता पैशा कमाउनेतर्फ मात्रै ध्यान केन्द्रीत भयो ।’ यस्ता सेवनकर्ताको हकमा चेतनासंगै व्यवहारमा कार्यान्वयन गर्न नसक्दा पेवेसर जन्मिने बताए ।
‘जब मानिस शिशु अवस्थामा हुन्छ,‘उनले भने, उतिबेला उसलाई आमाको दुध बाहेक केही मतलब हुँदैन, विस्तार बृद्धि हुँदै जाँदा खान नहुने बस्तुतर्फ साथिसंगतको लहलहैमा लाग्दा लागेको बानि छुटाउन नसक्दाको परिमाण हो ।’ कञ्चनपुर प्रहरीले लकडाउनका बेला तोकेका बस्तु तथा सेवाको ढुवानी, बिक्रि वितरण एव उपभोग बाहेक अन्य बस्तुको ढुवानी उपभोग गर्ने जुनसुकै व्यक्ति कानुनी दायमा ल्याईने जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले खाद्यान्न भन्दै मदिरा धुम्रपान बोक्नेमाथि कार्बाही चलाईने बताए ।
यस अघि कञ्चनपुरमा संयुक्त बजार अनुगमन गरेर ५० व्यवासायी कार्बाहीमा परेका छन् । कालोबजारी गर्ने १३ व्यवसायीलाई एक सय रुपैयाँ, एकलाई १५ हजार २ लाई २० हजार र १७ व्यवसायीलाई १५ र १८ व्यवसायीलाई २०दिन कैद तोकेको छ । कञ्चनपुरमा नुनदेखि औषधीसम्म म्याद गुज्रिएका चर्को मुल्यमा बिक्रि गर्नेमाथि सरकारी निकायले कार्बाहीका लागि एक्सन थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ