बिन्दवासिनी गाँउपालिकामा तेलको काण्ड सेलाउन नपाउदै फेरी कुहिएको चामलको लफडा

बिन्दवासिनी गाँउपालिकामा तेलको काण्ड सेलाउन नपाउदै फेरी कुहिएको चामलको लफडा

  • बिहिबार, जेष्ठ १५, २०७७
  • दिपक चौरसिया

  • 14.3K
    SHARES

वीरगंज १५ जेठ । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ पुनः दोस्रो विवादमा तानिएको छ । वडा नं। ३ का वडाध्यक्ष सलमा खातुनका श्रीमान हनिफ मियाले गाउँपालिका कार्यालयबाट १० लिटर तेल गायब बनाएका ेआरोपको घटना सेलाउन नपाउदै पुनः राहतमा कुहिएको चामल वितरण गर्न लागेको भन्दै सर्वदलिय समितिले सो चामल वितरण नगर्ने निर्णय गरेको छ ।
गाउँपालिका कार्यालयबाट दोस्रो चरणको राहत वितरण गर्नका लागि वडा नं ३ लाई ४ लाख ९ हजार रुपैया दिएको छ । सो रुपैयाबाट वडा कार्यालयले श्रीचन्द्र आनन्द राईस मिल बहुअर्वाभठ्ठाबाट किनेको चामल कुहिएको भेटिएको नेपाली काँग्रेसका जयप्रकाश चौरसियाले बताए ।
वडाबाट खरिद गरिएको राहत तिवरणका लागि बसेको सर्वदलित समितिले चामलको गुणस्तर हेर्दा खान योग्य नरहेकोले सो चामल सहितको राहत तिवरण नगर्न सुझाव दिएको छ । वडामा रहेका गरिब अतिबिपन्न २८० घर परिवारलाई राहत वितरणको लागि ५६ क्विन्टल चामल खरिद गरेको वडा कार्यालयले जनाएको छ ।
सर्वदलित समितिले गरिब बिपन्नहरुको लागि २० किलो चामल, ५ किलो आलु, १ किलो दाल, १ लिटर खाने तेल, २ किलो प्याज, १ प्याकेट नुन प्रति परिवारलाई बाडने निर्णय गरेको छ ।

सर्वदलित समितिमा जनता समाजवादी पार्टीका हिरालाल साह कानु, उदय प्रसाद साह कानु, नेपाली काँग्रेसका जयप्रकाश चौरसिया, नेपाल कम्युनिष्ट पार्टी नेकपाका दयानन्द साह रहनु भएको छ ।


यस अघि वडाध्यक्षका श्रीमान हनिफ मियाले गाउँपालिकाबाट खाने तेल लुकाएर लगाएको आवाज उठे पछि घटनामा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुन्न साह रौनियारले पटक पटक कार्यालयमा उपस्थित हुन बोलाउदा पनि उनि अटेरी गरिरहेको बताए ।


गाउँपालिकाले १ महिना पहिले पत्र काटेर बोलाउदा पनि वडाध्यक्षका हानिफ मियाँले अटेरी गर्दा पनि गाउँपालिकाले कुनै ठोस कारवाही अगाडि बढाउन नसकेको गुनासो स्थानीयको छ ।
सो सम्बन्धमा गाउँपालिकाका प्रमुख श्रीलाल साह सँग बुझदा कोभिड–१९ को महामारीको समय भएकोले केही बिलम्ब मात्र भएको तर दोषीले क्नै पनि हालतमा उन्मुक्ति नपाउने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ