भारतबाट स्वदेश फर्किएका नेपालीको सीमा मै कोरोना परिक्षण गर्न नेकपाको माग(विज्ञप्तिसहित)

भारतबाट स्वदेश फर्किएका नेपालीको सीमा मै कोरोना परिक्षण गर्न नेकपाको माग(विज्ञप्तिसहित)

  • बिहिबार, जेष्ठ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कैलाली, १५ जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लकडाउनका कारण समस्यामा परेर भारतबाट बिभिन्न सीमा नाकाहुँदै नेपाल प्रवेश गरिरहेका नेपालीहरुको कोरोना परिक्षण गराउन सरकारसँग माग गरेको छ ।
नेकपा सेतिमहाकाली ब्युरोका इन्चार्ज निर्माणले आज विज्ञप्ति निकालेर भारतमा रहेका नेपाली श्रमिकहरु सुदुरपश्चिमबाट मात्रै दैनिक हजारौंको संख्यामा नेपाल प्रवेश गरिरहेको तर उनीहरुको परिक्षण नगरिएकोतर्फ सरकारको ध्यानाकर्ष गराएका हुन् ।

अप्ठ्यारोमा रहेका नेपालीलाई स्वदेश फर्काउनु खुसी र स्वागतयोग्य कुरा भएपनि नेपाल प्रवेश पछि उनीहरुको कोरोना परिक्षण, उपचार, व्यवस्थापन र गन्तव्यसम्म पुर्याउने समस्या अलि जटिल देखिएकाले यसतर्फ विशेष ध्यान दिन नेकपाले आग्रह गरेको छ ।

साथै बिदेशमा रहेका तर घर फर्किन चाहने सम्पुर्ण प्रवासी नेपालीलाई अझै सहजरूपमा घर फर्कने वातावरण सृजना गर्न पनि माग गरिएको छ ।

प्रवासबाट फर्किनेहरुको सिमानामा उचित आरडिटी स्वास्थ्य परिक्षण गरियोस् र सहज ढंगले गाउँ जाने वातावरण मिलाउनुका साथै उचित क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गर्न पनि बिज्ञप्तिमा माग छ ।
अहिलेसम्मको व्यवस्थापन हेर्दा सन्तोषजनक नभएको र राज्यको उपस्थिति शून्य जस्तै देखिएकोले क्वारेन्टाइनको उचित व्यवस्थापन, संक्रमितलाई उचित उपचार, तथा बिरामीको आत्मविश्वास बढ्ने वातावरण श्रृजना गर्न पनि इन्चार्ज निर्माणले माग गरेका छन् ।
क्वारेन्टाइनमा बस्नेहरुको उचित व्यवस्थापन (खाने,बस्ने,पिसिआर परिक्षण गर्ने, सरसफाइ, पारिवारिक भेटघाट गर्ने लगाएत) राज्यको तर्फबाट गर्न तथा उचित व्यवस्थापन हुन सक्ने अवस्था नभएमा सर्वपक्षीय सर्वदलीय संयन्त्र, सहयोग दाता र नागरिक समाजको तर्फबाट सहयोग गर्ने वातावरण सृजना गर्न पनि माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ